नागढुङ्गामा हाइस दुर्घटना हुँदा एकको मृत्यु, नौ घाइते | Khabarhub Khabarhub

नागढुङ्गामा हाइस दुर्घटना हुँदा एकको मृत्यु, नौ घाइते


१० चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


552
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ नागाढुङ्गामा आज साँझ भएको सवारी दुर्घटनामा एकको मृत्यु र नौ जना घाइते भएका छन् ।

चितवनबाट काठमाडौं आउँदै गरेको ग १ ख ५५४६ नं को हाइस रोकेको अवस्थामा आफैँ गुड्न गई सडक छेउको पेटीमा ठोकिँदा ठेगाना नखुलेकी अन्दाजी २५/२६ वर्षीया सविना गुरूङको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएकी गुरूङको उपचारका क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा नौ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको ट्रमा सेन्टर र केहीको अन्नपूर्ण न्यूरोमा उपचार भइरहेको छ । हाइस चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० चैत्र २०८१, आइतबार  १० : ११ बजे

साउन नलाग्दै चुरापोते बजारमा चहलपहल (तस्बिरहरू)

काठमाडौं– साउन महिना आउन थालेसँगै बजारमा चहलपहल बढेको छ। साउनमा

हर्जना तिर्दै त्रिवि मैदान बनाउँदै ठेकेदार कम्पनी

काठमाडौं – कीर्तिपुरस्थिल त्रिवि क्रिकेट मैदान स्तरोन्नति गरी प्यारापिट बनाउने र

लुम्बिनी बौद्ध विश्वविद्यालयको १८ औँ सभा : ४९ करोड ५९ लाख बजेट स्वीकृत

काठमाडौं –  लुम्बिनी बौद्ध विश्वविद्यालय सभाको १८ औँ बैठकले आगामी

मादीनदी पुलको काम अन्तिम चरणमा

दमौली– मुग्लिन-पोखरा सडकअन्तर्गत तनहुँको दमौलीमा निर्माण हुँदै गरेको मादी नदीमाथिको

ऊर्जा व्यवसायी कांग्रेससँग खुसी, देउवालाई बोलाएर दिए सम्मान !

काठमाडौं– आगामी आर्थिक वर्ष २०८२/८३ को लागि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले