ट्रम्पको सामना गर्न नयाँ म्यान्डेटका लागि क्यानडामा निर्वाचनको मिति तोकियो « Khabarhub

ट्रम्पको सामना गर्न नयाँ म्यान्डेटका लागि क्यानडामा निर्वाचनको मिति तोकियो


११ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


546
Shares
  • change font
  • change font
  • change font

ओटावा – केही दिन अघि मात्र क्यानडामा प्रधानमन्त्री भएका मार्क कार्नीले निर्वाचनको मिति घोषणा गरेका छन्। उनले २८ अप्रिललाई नयाँ निर्वाचनको मिति तय गरेका हुन्।

क्यानडा र अमेरिकाको व्यापार युद्ध सुरु भएको तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडालाई ५१ औँ राष्ट्र बनाउने घोषणा गरेको समयमा हुन आँटेको सो निर्वाचनमा उम्मेदवारका लागि यी दुवै चुनौतीका विषय हुने छन्।

कार्नीको प्रतिस्पर्धा कन्जरभेटिभ पार्टीका नेता पियरे पोलिभियरेसँग हुनेछ। सन् २०२३ को अप्रिलदेखि यता भएको सर्वेक्षणमा उनको दलले अग्रता लिइरहेको छ। राजधानी आटोवामा बोल्दै प्रधानमन्त्री कार्नीले ट्रम्पको सामना गर्न प्रस्ट र सकारात्मक म्यान्डेटको आवश्यकता रहेको बताएका छन्।

कुनै समय निर्वाचनको सामना गर्न समेत असक्षम जस्तो देखिएको लिबरल पार्टीले अहिले कार्नीको नेतृत्वमा लगातार चौथो कार्यकाल सरकार बनाउने आशा गर्न थालेको छ। बेलायत तथा क्यानडाका पूर्व केन्द्रीय बैङ्कका गभर्नर ६० वर्षीय कार्नी अहिलेसम्म अनटेस्टेड नेता हुन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

थोरै समय मात्र कार्यालयमा बिताएका कानीले बेलायती प्रधानमन्त्री केइर स्टेइमर र फ्रान्सेली राष्ट्रपति एमानुएल म्याक्रोसँग भेट वार्ता गरी सकेका छन्। साथै उनले अस्ट्रेलियासँग नयाँ पार्टनरसिपको तयारी गरेका छन्।

उनले ट्रेडेउले हस्ताक्षर गरेको कार्बन ट्याक्स क्लाइमेट पोलिसीलाई पनि खारेज गरिसकेका छन्। कन्जरभेटिभले यसै विषयमा धेरै आलोचना गरेको थियो।

४५ वर्षीय कन्जरभेटिभ नेता पालिभियरले अलोकप्रिय हुँदै पदक छाडेका ट्रेडेउसँग निकटस्थ सम्बन्ध रहेका कार्नीबाट आशा गर्न नसकिने भन्दै चुनावी प्रचार अघि बढाएका छन्।

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार  ६ : ४४ बजे

रास्वपा केन्द्रीय सदस्यमा प्रधानमन्त्री शाहको सचिवालयका तीन जनाको उम्मेदवारी

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिमा सो पार्टीका

मेस्सीसँगको भिडन्त ‘अद्भूत’ हुनेछ: क्रिस्टियानो रोनाल्डो

ह्युस्टन – पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले विश्वकपको नकआउट चरणमा लियोनेल

उपाध्यक्ष पौडेलको गिरफ्तारी प्रतिशोधपूर्ण : एमाले

काठमाडौँ– नेकपा एमालेले पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारी घोर प्रतिशोधपूर्ण,

लुका मोड्रिचको २०० औं खेलमा क्रोएसिया विजयी, पानामा विश्वकपबाट बाहिरियो

टोरन्टो – पानामालाई १–० को झिनो अन्तरले पराजित गर्दै पूर्व

खेल सकिएपछि रोनाल्डोले क्यामराअघि चिच्याएर भने “म फर्किएँ !”

काठमाडौँ – आलोचना र दबाबका बीच क्रिस्टियानो रोनाल्डोले सानदार पुनरागमन