आजको मौसम : पश्चिमी वायुको प्रभावले देशभर आंशिक बदली | Khabarhub Khabarhub

आजको मौसम : पश्चिमी वायुको प्रभावले देशभर आंशिक बदली


११ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। आज देशभर आंशिक बदलीदेखि मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम सफा रहने छ।

कोशी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। आज राति देशभर आंशिक बदलीदेखि मौसम सफा रहने विभागले जनाएको छ।

आगामी २४ घण्टामा कोशी प्रदेशका पहाडी भूभागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाईउड्डयनमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुनसक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार  ८ : ०६ बजे

आर्थिक लेनदेनसम्बन्धी अडियो सार्वजनिक भएपछि वनमन्त्रीले दिए राजीनामा 

धनगढी– सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मण किशोर

विवादास्पद धर्मगुरु पुस्कर खतिवडा पक्राउ

काठमाडौं– नेपाल प्रहरीले विवादास्पद धर्मगुरु पुस्कर खतिवडालाई पक्राउ गरेको छ

मिडियामाथिको तोडफोड र पत्रकारको हत्याविरुद्ध माइतीघरमा महासंघको विरोध

काठमाडौं – शुक्रबार पूर्वराजा समर्थकको विरोधप्रदर्शनका क्रममा जलेर एक पत्रकारको

आन्दोलनबाट क्षति पुगेकालाई राज्यले सम्बोधन गर्नुपर्छ: महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले शुक्रबार भएको

नेकपा एसको पार्टी कार्यालय अनुगमनमा पुगे समाजवादी मोर्चाका नेता

काठमाडौं – समाजवादी मोर्चाका शीर्ष नेता पूर्व राजाका समर्थकको एक