मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ? अमेरिकी डलर घट्यो « Khabarhub

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ? अमेरिकी डलर घट्यो


१२ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार मंगलबार अमेरिकी डलरको भाउ घटेको छ। केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ७२ पैसा र बिक्रीदर १३७ रूपैयाँ ३२ पैसा कायम भएको छ।

यस्तै, युरोपियन युरो एकको खरिददर १४८ रूपैयाँ २८ पैसा र बिक्रीदर १४८ रूपैयाँ ९३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७७ रूपैयाँ १६ पैसा र बिक्रीदर १७७ रूपैयाँ ९४ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५५ रूपैयाँ १८ पैसा र बिक्रीदर १५५ रूपैयाँ ८६ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ११ पैसा र बिक्रीदर ८६ रूपैयाँ ४९, क्यानेडियन डलर एकको खरिददर ९५ रूपैयाँ ४९ पैसा र बिक्रीदर ९५ रूपैयाँ ९१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रूपैयाँ २७ पैसा र बिक्रीदर १०२ रूपैयाँ ७२ पैसा निर्धारण गरिएको छ।

यस्तै, जापानी येन १० को खरिददर नौ रूपैयाँ १३ पैसा र बिक्रीदर नौ रूपैयाँ १७ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ८५ पैसा र बिक्रीदर १८ रूपैयाँ ९३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ४५ पैसा र बिक्रीदर ३६ रूपैयाँ ६१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ५१ पैसा र बिक्रीदर ३७ रूपैयाँ ६७ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ ०४ पैसा र बिक्रीदर चार रूपैयाँ ०६ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ २२ पैसा र बिक्रीदर ३७ रूपैयाँ ३९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रूपैयाँ ८३ पैसा र बिक्रीदर ३० रूपैयाँ ९७ पैसा निर्धारण भएको छ।

त्यस्तै, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ३२ पैसा र बिक्रीदर नौ रूपैयाँ ३६ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रूपैयाँ ५३ पैसा र बिक्रीदर १३ रूपैयाँ ५९ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ ८८ पैसा र बिक्रीदर १९ रूपैयाँ ९७ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रूपैयाँ ५९ पैसा र बिक्रीदर १७ रूपैयाँ ६७ पैसा, कुवेती दिनार एकको खरिददर ४४३ रूपैयाँ ५५ पैसा र बिक्रीदर ४४५ रूपैयाँ ५० पैसा, बहराइन दिनार एकको खरिददर ३६२ रूपैयाँ ६९ पैसा र बिक्रीदर ३६४ रूपैयाँ २८ पैसा, ओमनी रियाल एकको खरिददर ३५५ रूपैयाँ १८ पैसा र बिक्रीदर ३५६ रूपैयाँ ७४ पैसा निर्धारण गरिएको छ। भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने खुला बजारका आधारमा फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ।

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलबार  ५ : ४० बजे

लुम्बिनी प्रदेशमा एक वर्षमा चार हजार ४२८ भ्रष्टाचारसम्बन्धी उजुरी

लुम्बिनी– लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ विभिन्न प्रकृतिका भ्रष्टाचारसम्बन्धी चार

वातावरण संरक्षणसँगै पूर्वाधार विकास आवश्यक छ : वनमन्त्री चौलागाईं

काठमाडौं- वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले मुलुक समृद्धिका लागि वातावरण

नेपाल फर्मा एक्स्पो फागुनमा हुने

काठमाडौं– नेपाल औषधि उत्पादक संघले दशौ संस्करणको नेपाल फर्मा एक्स्पो

‘आचार्य’को सुटिङ सक्काए लगत्तै निखिल ‘कस्तुरी’मा जोडिए, जोडी बर्षा सिवाकोटी

काठमाडौं – आफ्नो निर्देशनमा फिल्म ‘आचार्य’को सुटिङ सक्काए लगत्तै नायक

इजरायलद्वारा वेस्ट ब्यांकबाट २३ जना प्यालेस्टिनी पक्राउ

एजेन्सी– इजरायली कब्जा बल (आइओएफ) ले बुधबार वेस्ट ब्यांकका विभिन्न