सुदनले प्रधानमन्त्रीलाई भने- शेख हसिनाले जस्तै देश छाडेर भाग्ने दिन आउला « Khabarhub

सुदनले प्रधानमन्त्रीलाई भने- शेख हसिनाले जस्तै देश छाडेर भाग्ने दिन आउला


१२ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का नेता सुदन किरातीले नेपाली कांग्रेस–नेकपा एमालेको सरकारमाथि लाग्दै आएको आरोप नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई बर्खास्त गरेसँगै पुष्टि भएको दाबी गरेका छन् ।

प्रेमकुमार राई रानोहोँछा स्मृति प्रतिष्ठानको आयोजनामा मंगलबार गृहजिल्ला भोजपुरको रामप्रसाद गाउँपालिकास्थित ओख्रेमा शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

अहिलेको सरकारलाई भ्रष्टाचारी सरकारको संज्ञा दिएका उनले सदाचारीको पहिचान बनाएका कुलमानलाई कारबाही गर्दा अहिले प्रतिगमनकारी हर्कतको आगोमा अझ घ्यू थप्ने काम भएको किरातीले बताए । सरकारको पछिल्लो निर्णयले जनता आक्रोशित हुँदै गएको पनि उनले बताए ।

अब यस्तो बेथिति जनताले टुलुटुलु हेरेर बस्न नसक्ने चेतावनी पनि उनले दिए । श्रीलंकामा राष्ट्रपतिको निवास जनताले कब्जा गरेपछि राष्ट्रपति गोतबया राजापाक्षे भागेर हिँडेको पनि उनले सम्झाए ।

अर्कातिर दक्षिण एसियाकै अर्को छिमेकी मुलुक बंगलादेशकी प्रधानमन्त्री शेख हसिना देश छोडेर रातारात भाग्नुपरेको घटना स्मरण गर्न पनि वर्तमान सरकार नेतृत्वकर्ता केपी शर्मा ओलीलाई चेतावनी दिए ।

‘प्रधानमन्त्री केपी ओलीजी सुखी नेपाली र समृद्ध नेपाल बनाउन विरोधीले दिएन भन्नुहुन्छ’, उनले भने, ‘तर काम गरेर परिणाम दिने कुलमान जस्तोलाई बर्खास्त गर्नुहुन्छ, भ्रष्टाचारी र दुराचारीलाई मात्रै वरिपरि राखेर कसरी सुखि र समृद्ध नेपाल बन्छ ?’

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलबार  ७ : ०३ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको