सुदनले प्रधानमन्त्रीलाई भने- शेख हसिनाले जस्तै देश छाडेर भाग्ने दिन आउला « Khabarhub

सुदनले प्रधानमन्त्रीलाई भने- शेख हसिनाले जस्तै देश छाडेर भाग्ने दिन आउला


१२ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का नेता सुदन किरातीले नेपाली कांग्रेस–नेकपा एमालेको सरकारमाथि लाग्दै आएको आरोप नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई बर्खास्त गरेसँगै पुष्टि भएको दाबी गरेका छन् ।

प्रेमकुमार राई रानोहोँछा स्मृति प्रतिष्ठानको आयोजनामा मंगलबार गृहजिल्ला भोजपुरको रामप्रसाद गाउँपालिकास्थित ओख्रेमा शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

अहिलेको सरकारलाई भ्रष्टाचारी सरकारको संज्ञा दिएका उनले सदाचारीको पहिचान बनाएका कुलमानलाई कारबाही गर्दा अहिले प्रतिगमनकारी हर्कतको आगोमा अझ घ्यू थप्ने काम भएको किरातीले बताए । सरकारको पछिल्लो निर्णयले जनता आक्रोशित हुँदै गएको पनि उनले बताए ।

अब यस्तो बेथिति जनताले टुलुटुलु हेरेर बस्न नसक्ने चेतावनी पनि उनले दिए । श्रीलंकामा राष्ट्रपतिको निवास जनताले कब्जा गरेपछि राष्ट्रपति गोतबया राजापाक्षे भागेर हिँडेको पनि उनले सम्झाए ।

अर्कातिर दक्षिण एसियाकै अर्को छिमेकी मुलुक बंगलादेशकी प्रधानमन्त्री शेख हसिना देश छोडेर रातारात भाग्नुपरेको घटना स्मरण गर्न पनि वर्तमान सरकार नेतृत्वकर्ता केपी शर्मा ओलीलाई चेतावनी दिए ।

‘प्रधानमन्त्री केपी ओलीजी सुखी नेपाली र समृद्ध नेपाल बनाउन विरोधीले दिएन भन्नुहुन्छ’, उनले भने, ‘तर काम गरेर परिणाम दिने कुलमान जस्तोलाई बर्खास्त गर्नुहुन्छ, भ्रष्टाचारी र दुराचारीलाई मात्रै वरिपरि राखेर कसरी सुखि र समृद्ध नेपाल बन्छ ?’

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलबार  ७ : ०३ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै