आगलागीपछि सेन्ट्रल प्लाजामा अड्किएका ११ जनाको हेलिकप्टरबाट उद्धार « Khabarhub

आगलागीपछि सेन्ट्रल प्लाजामा अड्किएका ११ जनाको हेलिकप्टरबाट उद्धार


१३ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


828
Shares
  • change font
  • change font
  • change font

सुनसरी – इटहरी बजारस्थित मुख्य चोकमै रहेको व्यवसायिक भवन सेन्ट्रल प्लाजामा आगो लागेपछि अड्किएकाको अहिले उद्धार चलिरहेको छ।

काठमाडौंबाट गएको नेपाली सेनाको हेलिकप्टरले उनीहरूको उद्धार गरिरहेको छ । इटहरीका व्यवसायी राजेश श्रेष्ठले यो भवन निर्माण गरेका हुन्।

प्लाजामा फसेकाहरूमध्ये अहिलेसम्म ८ जना पुरुष र ३ जना महिलाको उद्धार गरिएको छ । उद्धार गरिएकाबाहेक बाहिरबाट अन्य मानिस नदेखिएका गृहमन्त्रालयले जनाएको छ ।

उद्धार गरिएकालाई नेपाली सेनाको पूर्वी पृतना हेडक्वाटर इटहरीमा राखिएको छ। प्रहरीका अनुसार उक्त भवनको पाँचौँ तलाबाट आगो लागेको हो ।

अहिले भवनभित्र प्रहरीसहितको उद्धार टोलीले आगो निभाउने र मानिसको खोजी पनि एकसाथ गरिरहेको छ । आगो लागेपछि भवनमा केही मानिस फसेकाले उद्धारका लागि हेलिकोप्टर मगाइएको थियो। त्यसपछि गृहमन्त्रालयले नेपाली सेनाको हेलिकोप्टर पठाएको थियो।

अहिले आगलागी नियन्त्रणका लागि चारवटा दमकल र प्रहरी परिचालन गरिएको छ। यो सेन्टर प्लाजामा होटल बरण्डा, क्युएफएक्स हल, लक्ष्मी सनराइज बैंकलगायत व्यवसाय सञ्चालित छन् ।

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  १ : १० बजे

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ

आज र भोलि मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं – आज र भोलि देशका विभिन्न स्थानमा वर्षा तथा