समाजलाई असल बाटोमा डोर्‍याउन गुणस्तरीय शिक्षा आवश्यक : उपप्रधानमन्त्री सिंह « Khabarhub

समाजलाई असल बाटोमा डोर्‍याउन गुणस्तरीय शिक्षा आवश्यक : उपप्रधानमन्त्री सिंह


१३ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाली समाजलाई असल बाटोमा डोर्‍याउन गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताएका छन् ।

आज नेपाली कांग्रेसको शिक्षा विभागको आयोजनामा शिक्षा नीति बहस अन्तर्गत ‘विद्यालय शिक्षा विधेयक र जनप्रतिनिधि सरोकार’ विषयक विमर्श कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले नेपालमा शिक्षाको लहर विसं २००७ सालको क्रान्तिपछि आएकाले अब समयाअनुकूल शिक्षा दिन सक्नुपर्ने धारणा राखे। हाल शिक्षाको अधिकार स्थानीय तहमा रहेकाले शिक्षा विधेयकलाई थप प्रभावकारी बनाउन सरोकारवालाको सुझाव महत्त्वपूर्ण हुने उनको भनाइ छ । 

कार्यक्रममा नगर प्रमुख र उपप्रमुखहरूले शिक्षा विधेयकमाथि स्थानीय तहहरुका धारणा र सुझाव राखेका थिए । विभागका प्रमुख नैनसिंह महरले स्थानीय तहका प्रमुख, उपप्रमुखले शिक्षा विधेयकमा दिएको सुझाव शिक्षा विधेयकमा समेट्न विमर्श कार्यक्रम आयोजना गरेको जानकारी दिए ।

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  १ : २५ बजे

जेन-जी आन्दोलनले आत्मसमीक्षा गर्दै सुध्रने अवसर दिएको छ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेश प्रदेशमा

चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शनिबार जारी दोस्रो खेलमा अहिले

दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु

एजेन्सी– बन्दुकधारीहरूले शनिबार दक्षिण अफ्रिकाको राजधानी प्रिटोरिया स्थित एक छात्रावासमा

पुराना दल सकिए वा सकिन्छन् भन्ने नसोच्न ओलीको आग्रह

कठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुराना दल सकिए

अबको निर्वाचनमा एमाले बहुमतका साथ फर्किने छ : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्तिपूर्ण, भयरहित र