दक्षिण कोरियामा भीषण आगलागी : आगो निभाउने क्रममा हेलिकप्टर दुर्घटना, चालकको मृत्यु | Khabarhub Khabarhub

दक्षिण कोरियामा भीषण आगलागी : आगो निभाउने क्रममा हेलिकप्टर दुर्घटना, चालकको मृत्यु


१३ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

सियोल– बुधबार दक्षिण कोरियाको दक्षिणपूर्वी क्षेत्रमा आगो निभाउने क्रममा हेलिकप्टर दुर्घटना भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । 

योन्हाप न्युज एजेन्सीका अनुसार आगो निभाउने क्रममा हेलिकप्टर दुर्घटनाग्रस्त भएको र यसका चालकको मृत्यु भएको छ ।

राजधानी सियोलबाट करिब १८० किलोमिटर दक्षिणपूर्वको उइसोङको पहाडमा जङ्गलमा लागेको डढेलो निभाउने क्रममा स्थानीय समय अनुसार दिउसो करीव १२ः५४ मा हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो ।  

दक्षिण कोरियाको जङ्गलमा लागेको डढेलोका बुधबार मध्यान्हसम्ममा १८ जनाको मृत्यु भएको एक जना बेपत्ता भएको वन सेवा अधिकारीहरूलाई उद्धृत गर्दै योन्हापले जनाएको छ ।

एजेन्सीका अनुसार गत शुक्रबार दक्षिण ग्योङगसाङ प्रान्तको सान्चेओङ काउन्टीबाट सुरु भएको आगो उइसोङसम्म फैलिएको छ । तीव्र हावाका कारण डढेलो अन्डोङ, चेओङसोङ, येओङयाङ र येओङडुयोकतर्फ अघि बढिरहेको र जङ्गलको छेउछाउका वस्ती जोखिममा परिरहेका छन् । 

गत शुक्रबारदेखि यस क्षेत्रमा आगलागी नियन्त्रणका लागि दर्जनौँ हेलिकप्टर तथा हजारौँ अग्नि नियन्त्रकहरू तैनाथ गरिएको छ भने करिब पाँच हजार सैनिक र १४६ हेलिकप्टर पठाइएको छ । 
 

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  १ : ५६ बजे

ट्रम्पलाई नोबेल पुरस्कारका लागि सिफारिस गर्दै पाकिस्तान

काठमाडौं – पाकिस्तानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल पुरस्कारका लागि

एसिसी यु-१६ कप क्रिकेट : पहिलो खेलमा आज सिङ्गापुरसँग भिड्दै नेपाल

काठमाडौं – मलेसियामा आजदेखि एसिसी पुरुष यु-१६ पूर्वी क्षेत्रीय क्रिकेट

आइतबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल असार ८ गते आइतबार। असार

आज २०८२ साल असार ८ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार ८ गते आइतबार। असार