दक्षिण कोरियामा भीषण आगलागी : आगो निभाउने क्रममा हेलिकप्टर दुर्घटना, चालकको मृत्यु « Khabarhub

दक्षिण कोरियामा भीषण आगलागी : आगो निभाउने क्रममा हेलिकप्टर दुर्घटना, चालकको मृत्यु


१३ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

सियोल– बुधबार दक्षिण कोरियाको दक्षिणपूर्वी क्षेत्रमा आगो निभाउने क्रममा हेलिकप्टर दुर्घटना भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । 

योन्हाप न्युज एजेन्सीका अनुसार आगो निभाउने क्रममा हेलिकप्टर दुर्घटनाग्रस्त भएको र यसका चालकको मृत्यु भएको छ ।

राजधानी सियोलबाट करिब १८० किलोमिटर दक्षिणपूर्वको उइसोङको पहाडमा जङ्गलमा लागेको डढेलो निभाउने क्रममा स्थानीय समय अनुसार दिउसो करीव १२ः५४ मा हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो ।  

दक्षिण कोरियाको जङ्गलमा लागेको डढेलोका बुधबार मध्यान्हसम्ममा १८ जनाको मृत्यु भएको एक जना बेपत्ता भएको वन सेवा अधिकारीहरूलाई उद्धृत गर्दै योन्हापले जनाएको छ ।

एजेन्सीका अनुसार गत शुक्रबार दक्षिण ग्योङगसाङ प्रान्तको सान्चेओङ काउन्टीबाट सुरु भएको आगो उइसोङसम्म फैलिएको छ । तीव्र हावाका कारण डढेलो अन्डोङ, चेओङसोङ, येओङयाङ र येओङडुयोकतर्फ अघि बढिरहेको र जङ्गलको छेउछाउका वस्ती जोखिममा परिरहेका छन् । 

गत शुक्रबारदेखि यस क्षेत्रमा आगलागी नियन्त्रणका लागि दर्जनौँ हेलिकप्टर तथा हजारौँ अग्नि नियन्त्रकहरू तैनाथ गरिएको छ भने करिब पाँच हजार सैनिक र १४६ हेलिकप्टर पठाइएको छ । 
 

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  १ : ५६ बजे

परराष्ट्र मन्त्रालयमा पहिलोपटक ‘वातावरण कूटनीति शाखा’ स्थापना

काठमाडौँ – जलवायु परिवर्तन तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत

सडक किनारमा नगरपालिकाको बेसार खेती

धनकुटा– स्थानीय किसान तथा सामुदायिक वन समूहलाई उत्पादनमूलक कृषिमा प्रोत्साहन

बीस क्विन्टल गाँजासहित दुईजना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले सप्तरीको डाक्नेश्वरी नगरपालिका–६ फत्तेपुरबाट

बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध

नुवाकोट– नुवाकोटका बाढी प्रभावित क्षेत्रमा हैजा तथा पानीजन्य रोगको जोखिम

एकैदिन तोलामा २ हजार १०० रुपैयाँले बढ्यो सुनको मूल्य, कति रुपैयाँमा हुँदैछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । शुक्रबारको