विपक्षीको अवरोधपछि प्रमुख सचेतकसँग छलफलमा सभामुख | Khabarhub Khabarhub

विपक्षीको अवरोधपछि प्रमुख सचेतकसँग छलफलमा सभामुख


१३ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


537
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहितका विपक्षीहरूले प्रतिनिधि सभा बैठक अवरोध गरेपछि सभामुख देवराज घिमिरे छलफलमा जुटेका छन् ।

बुधबार बिहान बसेको बैठकमा अवरोध भएपछि ३० मिनेटका लागि रोकेर सभामुखले थालेको छलफल अहिलेसम्म निष्कर्षमा पुगेको छैन ।

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ बर्खास्ती प्रकरणमा विपक्षीले सदन घेरेपछि सभामुख देवराज घिमिरेले सत्ता पक्ष र प्रतिपक्षी प्रमुख सचेतक र सचेतकसँग छलफल गरिरहेको एमाले सांसद पदम गिरीले बताए ।

प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङलाई सोमबार बर्खास्त गरिएपछि विपक्षी दलहरूले जनताबीच लोकप्रिय र लोडसेडिङ हटाउन निर्णायक भूमिका खेलेका लाई सरकारले प्रतिशोध साँधेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ मागिएको छ ।

सभामुख घिमिरेसँगको छलफलमा विपक्षीले प्रधानमन्त्रीले ओलीले जवाफ नदिएसम्म सदन चल्न नदिने अडान कायम राखेका छन् ।

प्रधानमन्त्री ओली भने बालुवाटारमा सत्ता पक्षीय सात दलको बैठक सकेपछि सदन जाने या राष्ट्रिय स्वयंसेवक भेलामा सम्बोधन गर्न जाने अलमलमा छन् ।

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  २ : ०८ बजे

आज बेलुकी पाँच बजेसम्म निषेधाज्ञा, त्यसपछि रातभर कर्फ्यू

काठमाडौँ – देशको सुरक्षा कमाण्ड सम्हालेको नेपाली सेनाले आज (बुधबार)

सेनाले थप्यो बिहीबार बिहान ६ बजेसम्म कर्फ्यू

काठमाडौं – नेपाली सेनाले कर्फ्यूको अवधि बढाएको छ । बुधबार

दुई दिन शेयर कारोबार नहुने

काठमाडौं – बुधबार र बिहीबार पुँजी बजारमा शेयर कारोबार नहुने

संसद् भवनभित्र मृतक भेटिए भनेर भ्रम नफैलाउन प्रहरीको आग्रह

काठमाडौं – नेपाल प्रहरीले संसद् भवनभित्र ३२ जना मृतक भेटिएर

कडा सुरक्षा चेकजाँचमा सेना, हिँडडुल गर्न पाइन्छ ?

काठमाडौँ – मङ्गलबार बेलुकी १० बजेदेखि देशको सुरक्षा कमाण्ड सम्हालेको