एसईई दिएर फर्किएकी किशोरी घरमा झुन्डिएको अवस्थामा भेटिइन् | Khabarhub Khabarhub

एसईई दिएर फर्किएकी किशोरी घरमा झुन्डिएको अवस्थामा भेटिइन्


१३ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

बझाङ– बझाङमा माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर घर फर्केकी एक किशोरी मृत भेटिएकी छन् ।

केदारस्यूँ गाउँपालिका–१ रायलका शिक्षक तथा साहित्यकार पूर्ण मल्लकी १७ वर्षीया छोरी आकांक्षाले मंगलबार साँझ घरकै कोठामा मृत भेटिएकी हुन् । उनले आत्महत्या गरेको बताइएको छ ।

बझाङका प्रहरी नायव उपरीक्षक युवराज भण्डारीका अनुसार मल्ल मंगलबार अनिर्वाय विज्ञानको परीक्षा दिएर घर आएकी थिइन् ।

‘मंगलबार बिहान परीक्षा दिएर फर्किएकी उनी साँझ घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्,’ भण्डारीले भने, ‘साथमा ‘सुसाइड नोट’ पनि भेटिएको छ । अरु कसैले नभई आफ्नै कारणले आत्महत्या रोजेको लेखिएको छ । तर कारण उल्लेख गरिएको छैन ।’

भण्डारीका अनुसार परीक्षा बिग्रिएका कारण मल्लले आत्महत्याको बाटो रोजेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । उनी केदारस्यूँ गाउँपालिका–१ स्थित गर्जेपानी माध्यमिक विद्यालयमा अध्यनरत थिइन् । उनका बुवा पनि उक्त विद्यालयका शिक्षकका रुपमा कार्यरत छन् ।

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  २ : ४३ बजे

जिरोनामाथि बार्सिलोनाको रोमाञ्चक जित

काठमाडौं – स्पेनिश लालिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले

काठमाडौं उपत्यकामा स्वरुप परिर्वतन गरिएका २७५ बाइक नियन्त्रणमा

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्वरुप परिर्वतन गर्ने २७५

एभर्टनविरुद्ध म्यानचेस्टर सिटीको सहज जित, हालान्ड बने नायक

म्यानचेस्टर – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

गोरखा बजारबाट २० किलोग्राम पटका बरामद

गोरखा – प्रहरीले गोरखा बजारबाट २० किलोग्राम पटका बरामद गरेको

साहित्यकार दाहाल र अधिकारी दम्पती सम्मानित

काठमाडौं – बनेपा जनगालस्थित सयपत्री प्रतिष्ठान नेपालले शिक्षाविद्, वरिष्ठ साहित्यकार