टेलिकमकाे एसईई अफर : विद्यार्थीलाई २० रुपैयाँमै नयाँ सिमकार्ड « Khabarhub

टेलिकमकाे एसईई अफर : विद्यार्थीलाई २० रुपैयाँमै नयाँ सिमकार्ड


१३ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल टेलिकमले २०८१ सालको एसईई परीक्षामा सहभागी परीक्षार्थीहरूका लागि एसईई अफर-२०८१ उपलब्ध गराउने भएको छ । 

टेलिकमका अनुसार यस अन्तर्गत कम्पनीले एसईई परीक्षा दिएका परीक्षार्थीहरूलाई २० रुपैयाँमा सिमकार्ड उपलब्ध गराउने छ र त्यसमा बोनस अन रिचार्ज  पनि उपलब्ध हुनेछ । एसईई अफर तथा बोनस अन रिचार्ज २०८१ चैत १५ देखि २०८२ असार ३० गतेसम्म उपलब्ध हुनेछ ।

उक्त सिमकार्ड नेपाल टेलिकमका देशभरका कार्यालयहरूबाट उपलब्ध हुने टेलिकमले जनाएको छ । 

टेलिकमका अनुसार सिमकार्ड एक्टिभ गरिसकेपछि ३० दिनसम्मका लागि विभिन्न अफरहरू उपलब्ध हुनेछन् । नयाँ सिम पाएका परीक्षार्थीले सिमकार्डमा आएको मेन व्यालेन्सबाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सक्नेछन् । साथै ३० दिनसम्म दैनिक टेलिकमको नेटवर्कभित्र कुराकानी गर्न २० मिनेट अन (नेट भ्वाइस सेवा, १० वटा अननेट एसएमएस र ५०० एमबी डाटा) समेत पाउनेछन् ।
 
नयाँ सिमका लागि परीक्षार्थीले एसईईको प्रवेश पत्र वा कक्षा १० को मार्कसिटको फोटोकपी, एकप्रति फोटो र आफ्नो वा अभिभावकको नागरिकता, राष्ट्रिय परिचयपत्र लगायतका सरकारी परिचयपत्रको फोटोकपी सहित फाराम भर्नुपर्नेछ । 

बोनस अन रिचार्जमा ५० रुपैयाँ वा सोभन्दा बढी रकम रिचार्ज गर्दा प्रत्येक रिचार्जमा जुनसुकै समयमा ५०० एमबी डाटा चलाउन, नेपाल टेलिकमकै नेटवर्क भित्र ५० मिनेट कल गर्न  र ५० वटा अन नेट एसएमएस पठाउन सकिने बोनस सुविधा समेत उपलब्ध हुने टेलिकमका प्रवक्ता हरि ढकाल बताउँछन् । उनका अनुसार  रिचार्जमा प्राप्त हुने बोनस प्राप्त भएको तीन दिनभित्र प्रयोग गरिसक्नु पर्दछ ।

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  ५ : १२ बजे

भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १८८ जनाको मृत्यु, उद्धार कार्य तीव्र

काठमाडौँ – उत्तरी भेनेजुएलामा गएका दुईवटा शक्तिशाली भूकम्पमा परी कम्तीमा

मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिकाले किसानलाई अनुदानमा मिनीटिलर (यान्त्रिक हलो) वितरण

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

सुदूरपश्चिम– माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी जब कैलालीको

मनसुन प्रभाव, तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौं– हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९शुक्रबार० का लागि विदेशी