१५ गतेको जनप्रदर्शन कमजोर बनाउने काम नगर्न समाजवादी मोर्चाको चेतावनी « Khabarhub

१५ गतेको जनप्रदर्शन कमजोर बनाउने काम नगर्न समाजवादी मोर्चाको चेतावनी


१३ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– समाजवादी मोर्चाले चैत १५ गते गर्न लागेको जनप्रदर्शनलाई कमजोर बनाउने काम नगर्न चेतावनी दिएको छ । 

नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकले गणतन्त्रपक्षधरको जनप्रदर्शनलाई कमजोर बनाउन अवरोध गर्ने सोच देखिएको भन्दै जनप्रदर्शनलाई कमजोर बनाउने काम नगर्न चेतावनी दिएको हो ।

बैठकपछि नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले मोर्चाको जनप्रदर्शनलाई अवरोध गर्ने मूर्खतापूर्ण काम नगर्न चेतावनी दिए । उनले अग्रगमनका विरुद्ध हुने अन्य प्रदर्शन सह्य नहुने बताए । चैत्र १५ गते समाजवादी मोर्चाले काठमाडौंको भृकुटीमण्डप र राजावादीहरूले काठमाडौंको तीनकुनेमा प्रदर्शन गर्न लागेको छ ।

प्रवक्ता विश्वकर्माले राष्ट्रिय स्वाधीनताको पक्षमा जनप्रदर्शन गरिएको भन्दै सहभागी हुन अपील गर्ने निर्णय गरेको जानकारी दिए  । हजारौँको संख्यामा जनप्रदर्शनमा सहभागिता हुने र कोटेश्वर, कुपण्डोल, कालिमाटी लगायतका स्थानबाट जुलुशसहित भृकुटीमण्डप पुगेर सभामा परिणत हुने उनले बताए ।  

बैठकमा संसद्को गतिरोधका विषयमा पनि छलफल भएको थियो । कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयबारे प्रधानमन्त्री केपी ओलीले चित्तबुझ्दो जवाफ नदिएसम्म सदन चल्न नदिनेमा एकमत रहेको विश्वकर्माले बताए ।

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  ६ : ५७ बजे

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

धनकुटा – ताङ्खुवाबाट यहाँ आइरहेको टाटा सुमो छथर जोरपाटी गाउँपालिका–३

जनकपुरमा भएको आगलागीमा एक जनाको मृत्यु

जनकपुरधाम– जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्द चोकस्थित एक घरमा गएराति आगलागी हुँदा

भारतलाई पछि पार्दै इङ्गल्यान्ड बन्यो क्रिकेट विश्व वरीयताको नम्बर वान

लन्डन – श्रीलंकाविरुद्धको तेस्रो तथा अन्तिम टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ८

आरोहण टोली धवलागिरि आधार शिविरमा

म्याग्दी– चालु शरदयाममा विश्वको सातौँ (आठ हजार १६७ मिटर) अग्लो

बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

म्याग्दी– वेनीस्थित प्रदेश अस्पतालमा विशेषज्ञ ‘जनरल सर्जरी’ सेवा विस्तार भएको