भारतको आर्थिक सहयोगमा दैलेखमा बन्न लागेको विद्यालय भवन शिलान्यास « Khabarhub

भारतको आर्थिक सहयोगमा दैलेखमा बन्न लागेको विद्यालय भवन शिलान्यास


१३ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

दैलेख- भारत सरकारको आर्थिक सहयोगमा दैलेखको दुल्लू नगरपालिकास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बहुउद्देश्यीय भवनको शिलान्यास गरिएको छ ।

कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, काठमाडौंस्थित भारतीय राजदूतावासका काउन्सिलर अविनाश कुमार सिंह र दुल्लू नगरपालिकाका मेयर भरतप्रसाद रिजालले बहुउद्देश्यीय भवन निर्माणको संयुक्त रूपमा शिलान्यास गरेका हुन् ।

‘नेपाल(भारत विकास सहयोग’अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा ३ करोड ९० लाख रुपैयाँ लागतमा श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बहुउद्देश्यीय भवन निर्माण भइरहेको हो ।

भारत सरकारको अनुदानमा विद्यालयमा साढे तीन तल्ले भवन निर्माण हुनेछ । जसमा हस्तकला प्रदर्शन क्षेत्र, पुस्तकालय, दुल्लू राज्यसँग सम्बन्धित सांस्कृतिक कक्ष, बहुउद्देश्यीय हल, कार्यालय क्षेत्र र अन्य सम्बद्ध सुविधाहरू समावेश हुनेछन् ।

यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसीडीपी) को रूपमा लिइएको छ । यसको दुल्लू नगरपालिकामार्फत् कार्यान्वयन भइरहेको हो ।

कर्णाली प्रदेश सरकारका मन्त्री, दुल्लू नगरपालिका मेयर र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा अन्य सरोकारवालाहरूले नेपाली जनताको लागि भारत सरकारले गरिरहेको विकास सहयोगको प्रशंसा गरेका छन् ।

उनीहरूले निर्माण हुने पूर्वाधारले विद्यालयका विद्यार्थीहरू र स्थानीय समुदायलाई दुल्लू राज्यको इतिहास र संस्कृतिको बारेमा बुझ्न मद्दत गर्ने विश्वास व्यक्त गरे ।

यसले सिकाइको लागि उपयुक्त वातावरण सिर्जना गर्न र नेपालको कर्णाली प्रदेशमा शिक्षा र संस्कृति क्षेत्रको समग्र विकासमा योगदान पुर्‍याउन पनि मद्दत गर्नेछ ।

सन् २००३ यता भारत सरकारले नेपालमा विभिन्न क्षेत्रहरूमा ५६३ भन्दा बढी एचआइसीडीपीहरुमा कार्य गरेको छ । यस्तै ४९५ परियोजनाहरू सम्पन्न गरिसकेको छ ।

यीमध्ये १५ वटा परियोजनाहरू कर्णाली प्रदेशमा रहेका छन् । यस बाहेक भारत सरकारले नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थाहरूलाई १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कूल बस उपहार स्वरूप प्रदान गरेको छ ।

यीमध्ये कर्णाली प्रदेशमा ५० वटा एम्बुलेन्स र ८ वटा स्कूल बस उपहार स्वरूप प्रदान गरिएको दूतावासले जनाएको छ ।

नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ । उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले नेपाली जनताको उत्थानका लागि र प्राथमिकताका क्षेत्रमा पूर्वाधारको विस्तारका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको कुरालाई प्रतिबिम्बित गरेको छ ।

कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारीहरु, सामाजिक कार्यकर्ताहरू तथा विद्यालयका शिक्षकहरू, विद्यार्थीहरू र उनीहरूका अभिभावक पनि उपस्थित थिए ।

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  ८ : ०७ बजे

हङकङबाट नेपालतर्फ लागे शेरबहादुर देउवा, पाँच महिनापछि स्वदेश फर्किँदै

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा लामो

किशोर श्रेष्ठ पक्राउ परेपछि उपसभामुखको विवादास्पद पोस्ट : ‘पत्रकारको भेषमा राक्षस हाे’

काठमाडाैं – पत्रकार किशोर श्रेष्ठ पक्राउ परेपछि प्रतिनिधिसभाकी उपसभामुख रूबी

शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवाबारे छलफल

काठमाडाैं – सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

युवा वर्गको चाहनाअनुसारको काम गरेर देखाउनुपर्ने छ : सभापति लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकले

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौं – पत्रकार किशोर श्रेष्ठ बुधबार राति पक्राउ परेका छन्