गणतन्त्र पक्षधर सबै दलसँग सहकार्य गर्नुपर्छ : राजेन्द्र पाण्डे | Khabarhub Khabarhub

गणतन्त्र पक्षधर सबै दलसँग सहकार्य गर्नुपर्छ : राजेन्द्र पाण्डे


१३ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले मुलुकमा राष्ट्रिय स्वाधीनतालाई बलियो बनाउन सङ्घीय लोकतान्त्रिक गणतन्त्र शासन व्यवस्थाका पक्षमा जनमत सिर्जना गर्नुपर्ने बताएका छन् ।

समाजवादी प्रेस सङ्गठनद्वारा आज आयोजित कार्यक्रममा उहाँले प्रतिगामी शक्तिका विरुद्ध सङ्घर्षको तयारी गर्न आवश्यक रहेको बताउँदै त्यसका लागि गणतन्त्रको पक्षमा रहेका सबै दलसँग सहकार्य गर्नुपर्नेमा जोड दिए ।

मोर्चा फाँट प्रमुखसमेत रहेका उपाध्यक्ष पाण्डेले देशको पछिल्लो राजनीतिक परिस्थिति संवेदनशील बन्दै गएकाले प्रतिगामी हर्कतलाई असफल बनाउन समाजका सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरे ।

पार्टीका अर्का उपाध्यक्ष एवं प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले मुलुकमा लोकतन्त्र स्थापनाका लागि सञ्चार क्षेत्रको महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै देशको परिस्थिति जटिल बनाउने प्रयास भइरहेकाले गणतन्त्रको पक्षमा वातावरण बनाउन आग्रह गरे ।

समाजवादी प्रेस सङ्गठनका अध्यक्ष शम्भु श्रेष्ठले राष्ट्रिय स्वाधीनता, गणतन्त्र, जनजिविका, शुसासनको पक्षमा सञ्चार क्षेत्र क्रियाशील हुनुपर्ने विचार व्यक्त गरे । सङ्गठनले यही चैत मसान्तसम्म सबै प्रदेशको प्रदेशस्तरीय भेला तथा प्रशिक्षण गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  ९ : ४६ बजे

सुशीला कार्कीले लिइन्‌ प्रधानमन्त्रीको नियुक्ति र शपथ

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्ति

को हुन् सुशीला कार्की ?

काठमाडौं – सुशीला कार्की नेपालको पहिलो महिला प्रधान न्यायाधीश हुन्।

संविधानको धारा ६१ (४) बमोजिम प्रधानमन्त्री बन्दै सुशीला कार्की

काठमाडौँ – पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेपालको संविधानको धारा ६१ को

सुशीला कार्कीको शपथलगत्तै यी तीनजना हुनेछन् मन्त्री

काठमाडौं – प्रधानमन्त्रीमा नियुक्ति भएपछि सुशीला कार्कीले शुक्रबार नै सानो

नयाँ प्रधानमन्त्रीको शपथ गृह मन्त्रालयको नयाँ भवनमा, हाजिरी पनि आजै

काठमाडौँ – अन्तरिम सरकार प्रमुख बन्न लागेकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले