उत्पादनको जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई | Khabarhub Khabarhub

उत्पादनको जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई


१३ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर – नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले उत्पादन बढाउने जिम्मा निजी क्षेत्रलाई दिनुपर्ने बताएका छन् ।

लुम्बिनी प्रदेश समितिद्वारा दाङको भालुवाङमा आज आयोजित प्रथम महाधिवेशनको भाव सम्प्रेषण तथा प्रशंसा अभियानको उद्घाटन कार्यक्रममा उनले निजी क्षेत्रले उत्पादनमा जोड दिनुपर्ने र राज्यले शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाको दायित्व लिनुपर्ने बताए ।

“शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाको दायित्व राज्यले लिनुपर्छ”, उनले भने, “खेतीपाती, उद्योगजस्ता उत्पादनशिल क्षेत्रलाई निजी क्षेत्रलाई छोड्नुपर्छ, सबै कुरा राज्यले गर्न सक्दैन ।” साथै उनले पुरानो राजनीतिक प्रणालीमा सुधार नहुँदा नयाँ वैकल्पिक राजनीति सुरु गरेको समेत बताए ।

बेरोजगारी र विदेशी निर्भरता हटाउनका लागि दूरगामी सोचयुक्त नीति निर्माणको आवश्यकता रहेको उनको भनाइ थियो । उनले पार्टीको केन्द्रीय समिति सदस्यतामा २५ प्रतिशत ४० वर्ष मुनिका युवालाई समेटेको समेत बताए ।

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  १० : ०७ बजे

ट्रम्पले भने : इरानलाई आणविक सम्झौताबारे निर्णय लिन दुई साताको समय दिन्छौं

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आणविक कार्यक्रमबारे सम्झौता

सातौँ ‘मुन्दुम ट्रेल रेस’ प्रतियोगिता सम्पन्न

भोजपुर – मुन्दुम पदमार्गको प्रवर्द्धनका लागि आयोजना गरिएको सातौँ ‘मुन्दुम

नेपालभर ११औंँ अन्तरराष्ट्रिय योग दिवस मनाइयो

काठमाडौं – अन्तरराष्ट्रिय योग दिवसको ११औंँ संस्करण नेपालका १० सहर

एमालेको राष्ट्रवादी अडानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : ईश्वर पोखरेल

धादिङ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले

एसीसी यू १६ इस्ट जोन कप : नेपालले आइतबार सिंगापुरसँग खेल्ने

काठमाडौं – मलेसियामा आइतबारदेखि एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट