संसदको अवरोध खुलाउने प्रयासमा सभामुख, प्रमुख सचेतकसँग छलफल « Khabarhub

संसदको अवरोध खुलाउने प्रयासमा सभामुख, प्रमुख सचेतकसँग छलफल


१४ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन् । 

प्रतिनिधिसभामा विपक्षी दलहरूले गरेको अवरोध खुलाउने विषयमा उनी प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफलमा जुटेका हुन् ।

सभामुख घिमिरे अहिले नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफलमा रहेका उनको सचिवालयले जनाएको छ । 

सचिवालयले अहिलेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा आएर विपक्षीले माग गरेबमोजिम जवाफ दिने सूचना नरहेको पनि जनाएको छ । 

प्रतिपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरिनुको कारणबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने भन्दै बुधबारको बैठक अवरुद्ध गरेका थिए । 

बैठक सुचारु हुन नसकेपछि सभामुख घिमिरेले बिहीबार बिहान ११ बजेका लागि संसद् बैठक बोलाएका थिए ।

प्रकाशित मिति : १४ चैत्र २०८१, बिहीबार  ११ : ३३ बजे

भोजपुरको सानोदुम्मामा विशेषज्ञसहितको पशु स्वास्थ्य शिविर सञ्चालन

भोजपुर– भौगोलिक विकटताका कारण प्राविधिक सेवा र औषधि पाउनबाट वञ्चित

चाडपर्वपछि सरकारविरुद्ध जनता सडकमा उत्रिन्छन्: वर्षमान पुन

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

सर्लाही– मोटरसाइकलको ठक्करबाट सर्लाहीको गम्हरियामा एकजना पैदलयात्रीको मृत्यु भएको छ

राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक : के छन् एजेन्डा ?

काठमाडौँ – समसामयिक विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

विकास निर्माणलाई तीव्र गतिमा कार्यान्वयन गर्दै व्यास नगरपालिका

तनहुँ– व्यास नगरपालिकाले गत आर्थिक वर्षमा सडक, ढल, नदी नियन्त्रण,