प्रत्यक्ष निर्वाचित राष्ट्रपति अबको आवश्यकता : बाबुराम भट्टराई | Khabarhub Khabarhub

प्रत्यक्ष निर्वाचित राष्ट्रपति अबको आवश्यकता : बाबुराम भट्टराई


१४ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

देउखुरी– पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा बाबुराम भट्टराईले नेपालको अर्थ राजनीति गम्भीर संकटमा रहेको बताएका छन् । 

आज घोराहीमा आयोजित एक कार्यक्रममा उनले ढिलो या छिटो सहमति जुटाएर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली कायम गर्न सकेमा हाल देखापरेका समस्या समाधान हुने बताए। 

संविधानले राजनीतिक अधिकार स्थापित गरेपनि वर्तमान शासकीय स्वरूपले अपेक्षाअनुसार काम गर्न नसक्दा प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली अबको आवश्यकता रहेको उनको भनाइ छ । 

उनले प्रत्यक्ष निर्वाचित कार्यकारी भएमा सरकार स्थिर रहने देशमा आर्थिक विकास संस्थागत हुने बताए।

‘रोगको समयमा उपचार भएन भने अस्थिरता अझ बल्झिन्छ’, उनले भने, ‘२०७२ को संविधानले राजनीतिक अधिकार दियो तर आर्थिक विकासका मुद्दा अघि बढाउन सकेन । त्यसैले जनतामा निराशा बढेको हो ।’

प्रकाशित मिति : १४ चैत्र २०८१, बिहीबार  १२ : २० बजे

दुर्घटनामा एक जनाको मृत्यु

बनियानी – झापाको झापा गाउँपालिकामा आज बेलुका ट्याक्टरबाट खस्दा एक

परराष्ट्रमन्त्रीसँग बिमस्टेकका महासचिवको शिष्टाचार भेट

काठमाडौं – परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग बहुक्षेत्रीय प्राविधिक तथा

नेपाल सुपर लिग : ललितपुर सिटीको पहिलो जित

काठमाडौं – ललितपुर सिटी एफसीले नेपाल सुपर लिग ९एनएसएल० फुटबल

आईपीएल : आरसिबीले गुजरातलाई दियो १७० रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)मा अर्न्तगत जारी खेलमा रोयल

तीनकुने घटनामा संलग्न भएको अभियोगमा थप सात जना पक्राउ

काठमाडौं – प्रहरीले काठमाडौंको तीनकुने घटनामा संलग्न रहेको अभियोगमा थप