इजिप्टको तटमा पर्यटक पनडुब्बी डुब्दा ६ जनाको मृत्यु « Khabarhub

इजिप्टको तटमा पर्यटक पनडुब्बी डुब्दा ६ जनाको मृत्यु


१४ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इजिप्टको लोकप्रिय लाल सागर गन्तव्य हुर्घादामा पर्यटक पनडुब्बी डुबेपछि छ जनाको मृत्यु भएको र अन्य नौ जना घाइते भएको स्थानीय तहका दुई अधिकारीले बिहीबार बताएका छन् । 

लाल सागर प्रशासनद्वारा जारी विवरणअनुसार आपतकालीन टोलीले २९ जनालाई बचाउन सफल भएको छ । पनडुब्बीले पर्यटन क्षेत्रको बीचको एक किनारामा यात्रा गर्दै थियो र त्यसमा विभिन्न राष्ट्रियताका ४५ पर्यटक थिए । पनडुब्बी किन डुब्यो भन्ने कुरा तुरुन्तै स्पष्ट भएन ।

इजिप्टका अधिकारीहरूका अनुसार नोभेम्बरमा खराब मौसमको चेतावनीपछि एउटा पर्यटक यात्रुपोत लाल सागरमा डुबेको थियो । उक्त दुर्घटनामा कम्तीमा चार जनाको डुबेर मृत्यु भएको थियो भने अन्य ३३ जनालाई बचाइएको थियो ।

पर्यटन इजिप्टको अर्थतन्त्रको महत्त्वपूर्ण क्षेत्र हो तर धेरै पर्यटक कम्पनीहरूले यस क्षेत्रमा द्वन्द्वको खतराका कारण लाल सागरमा यात्रा रोकेका छन् वा सीमित गरेका छन् ।

प्रकाशित मिति : १४ चैत्र २०८१, बिहीबार  ५ : ४९ बजे

रास्वपाको प्रतिनिधिमण्डलसँग रचनात्मक र परिणामुखी संवादको अपेक्षा छ : भाजपा

काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) ले राष्ट्रिय स्वतन्त्र पार्टी

बालेनको अभिव्यक्तिले नेपालको अडान कमजोर बनाउन सक्छ : कुलमान घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रधानमन्त्री बालेन्द्र

सगरमाथाको चुचुरोमा फहरियो काठमाडौं युथ कन्क्लेभको झण्डा

काठमाडौं – युवाहरूको नेतृत्व, नवप्रवर्तन र सहभागितालाई प्रोत्साहन गर्ने उद्देश्यले

प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध मसाल जुलुस (तस्बिरहरू)

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले सङ्घीय संसद्मा दिएको सीमा सम्बन्धी

प्रधानमन्त्रीको अभिव्यक्तिविरूद्ध १० विद्यार्थी सङ्गठनको विरोध, तत्काल माफी माग्न माग

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार सङ्घीय संसद्मा नेपालको सीमा