पोखराबाट अपहृत अमेरिकी महिलाको हेटौंडाबाट उद्धार, नुवाकोटकी सरिता लामा पक्राउ « Khabarhub

पोखराबाट अपहृत अमेरिकी महिलाको हेटौंडाबाट उद्धार, नुवाकोटकी सरिता लामा पक्राउ


१४ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


507
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एकजना अमेरिकी नागरिकलाई मुस्ताङको मुक्तिनाथ दर्शन गर्न आएको अवस्थामा पोखराबाट अपहरण गरी बन्धक बनाएको अभियोगमा एकजना महिला पक्राउ परेकी छन् ।

नुवाकोटको बेलकोटगढी नगरपालिका–४ बस्ने ३७ वर्षीया सरिता लामालाई प्रहरीले पक्राउ गरेको हो ।

आफ्नो साथीहरूसँग मुक्तिनाथ मन्दिर भ्रमण आई कास्की पोखरा महानगरपालिका–६ लेकसाइडस्थित होटलमा बस्दै गरेकी ७० वर्षीया अमेरिकी महिलाको सोमबार अपहरण गरी फिरौतीस्वरूप ३ लाख युरो मागेको आरोपमा उनी पक्राउ परेकी हुन् ।

अपहरण भएको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीको प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरो र जिल्ला प्रहरी कार्यालय मकवानपुरको सहकार्यमा हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीबाट ती महिलाको सकुशल उद्दार गरेको छ।

पक्राउ परेकी सरिताविरुद्ध अपहरण तथा शरीर बन्धक कसुरमा जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : १४ चैत्र २०८१, बिहीबार  ६ : ४१ बजे

बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण

रसुवा– गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वर केसी पछ्याउँदै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा

उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते

उदयपुर– काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा बस मदन भण्डारी

राजमार्गका अस्वस्थकर र महँगा होटलमा रोकिए चालक र सञ्चालकलाई कडा कारबाही हुने

काठमाडौँ– सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी : पहिलो चरणमा छानिए ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

काठमाडौँ– शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत