सिरहा घटना : प्रहरीले सरकारी वकिललाई बुझायो प्रतिवेदन | Khabarhub Khabarhub

सिरहा घटना : प्रहरीले सरकारी वकिललाई बुझायो प्रतिवेदन


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

सिरहा– सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञका नाममा जातीय विभेद गरिएको घटनाको अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकिलको कार्यालयलाई बुझाएको छ । जातीय भेद्भाव तथा छुवाछूतसम्बन्धी मुद्दाको ६ दिनमै अनुसन्धान सकाएर प्रहरीले बिहीबार प्रतिवेदन सरकार वकिललाई बुझाएको हो ।

अनुसन्धान प्रतिवेदन प्राप्त भएको र त्यसको अध्ययन गर्ने काम भइरहेको जिल्ला न्यायाधिवक्ता राजेन्द्र बस्नेतले जानकारी दिए । अध्ययनपछि उक्त प्रतिवेदन अदालतमा अभियोगपत्रका रुपमा दायर गरिने उनले बताए। 

औरहीका दलित समुदायका दीपक मल्लिकको घर भत्काएको घटनामा यही चैत ९ गते साँझ गाउँपालिकाका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादव पक्राउ परेका थिए । त्यसपछि चैत १० गते प्रहरीले उनीहरूसँगै बजरङ्गी बाबाविरुद्ध पीडितसँग जाहेरी लिएको थियो । 

यही चैत १७ देखि आयोजना हुने भनिएको महायज्ञका नाममा गत फागुन १० गते अछूत भन्दै महायज्ञस्थलमा रहेको दिपक मल्लिकको घर भत्काइएको थियो । गाउँपालिका अध्यक्ष, पूर्ववडाध्यक्ष र बजरङ्गी बाबाले डोजर लगाएर भत्काइदिएको भनेर घटना सार्वजनिक भएको थियो । 

यसअघि घटनाबारे संवेदनशील नभएको भन्दै गृह मन्त्रालयले सिरहाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाललाई मन्त्रालय तथा जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितलाई प्रहरी प्रधान कार्यालय तानेको थियो । 
 

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ९ : ४१ बजे

म्यानमारका भूकम्पपीडितलाई राहत लिएर गयो नेपाली सेनाको टोली

काठमाडौं- गत शुक्रबार गएको ७.७ म्याग्ननिच्यूडको भूकम्पका कारण ठूलो क्षति

थाइल्यान्डले भन्यो- नेपालको हवाई र पर्यटन क्षेत्रमा लगानी बढाउन सकारात्मक छौँ

बैङ्कक- थाइल्यान्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्ले नेपालमा हवाई र

ऊर्जामन्त्री खड्कासँग नेपालका लागि रसियाका राजदूतको शिष्टाचार भेट

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि रसियाका

थाइल्यान्डको कृषि विश्वविद्यालय र नेपालको जनता एग्रोबीच सहकार्य

थाइल्यान्ड– थाइल्यान्डको कृषि विश्वविद्यालय कसेस्टार्ट र नेपालको जनता एग्रो एण्ड

नेपाल र थाइल्याण्डबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानमन्त्री 

बैङ्कक– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो औपचारिक भ्रमणबाट नेपाल र