दश करोड लगानी लाग्ने ‘क्याप्टेन’ सस्तोमा बन्यो: अनमोल « Khabarhub

दश करोड लगानी लाग्ने ‘क्याप्टेन’ सस्तोमा बन्यो: अनमोल


१२ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फागुन १७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘क्याप्टेन’ को प्रचारका लागि अनमोल केसी र भुवन केसी प्रचारमा खटिएका छन् । स्पोर्टस जानरामा निर्माण भएको फिल्म भएकाले पनि फिल्मको चर्चा छ ।

तर, यसअघि नेपालमा बनेका स्पोटर्स जानराका फिल्महरु नचलेको इतिहास छ । यो पक्का छ कि, यो फिल्म राम्रो भयो भने चल्ने हो । दर्शकले सोचेजस्तो छैन रैछ भने आइतवारबाट दर्शक हलसम्म जाँदैनन् । जे जस्तो भए पनि मिडियाका माध्यमबाट अनमोलले क्रेज चाहिँ बनाएका छन् ।

काठमाडौंमा भेटिएका अनमोलले भने यो फिल्म निकै नै मेहनत गरेर निर्माण गरिएको बताएका छन् । उनका अनुसार यो फिल्म यदि बाहिरी ब्यानरमा बनेको भए दश करोड लगानी लाग्थ्यो ।

‘यदि यो फिल्म ड्याडी (भुवन केसी) ले आफ्नो होम प्रोडक्सनमा नबनाउनु भएको भए दश करोड लगानी लाग्थ्यो, फिल्ममा त्यत्रो मेहनत परेको छ, ड्याडीले चिन्नुभएको पीआरको कारण हामीले सस्तोमा फिल्म बनाएका छौँ ।’, अनमोलले भने ।

फिल्ममार्फत राष्ट्रियतालाई जोड्न खोजिएको यो फिल्मको ट्रेलर भारतविरोधी हो कि भन्ने लाग्छ । यसको उत्तर दिँदै अनमोलले भने, ‘फिल्म कुनै पनि देशको विरोधी होइन, बरु आफ्नो देशको राष्ट्रियता झल्काउँछ ।’

दिवाकर भट्टराईले निर्देशन गरेको यो फिल्मलाई भुवन केसीले निर्माण गरेका हुन् । फिल्मको ट्रेलर र गीतले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । फिल्ममा अनमोलसँगै उपासना सिंह ठकुरी, प्रियंका एमभी, सुनील थापा, प्रशान्त ताम्राकार, सरोज खनाल लगायतको समेत अभिनय रहेको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आइतबार  १२ : २० बजे

कुलमानले भने : भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन, मतबाटै देशको नेतृत्व गर्छौँ

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले भाषणले नभई जनताको

कोइला अभावले टक्सारको परम्परागत धातु उद्योग संकटमा

भोजपुर– यहाँको ऐतिहासिक टक्सार बजार औद्योगिक, व्यापारिक तथा सांस्कृतिक पहिचान

उदयपुर सिमेन्टमा पुगेर बालेन भन्छन्- उद्योग देशका मेरुदण्ड हुन्

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह

पर्वतका ९५० किशोरीलाई एचपीभी खोप लगाइने

पर्वत– जिल्लाका ९५० किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’

आईएसएसको अन्त्य, सहकार्यको युग

एजेन्सी– अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) सन् २०३० मा पृथ्वीमा फर्किँदा