उपत्यकाको सुरक्षा व्यवस्था चुस्त | Khabarhub Khabarhub

उपत्यकाको सुरक्षा व्यवस्था चुस्त


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सङ्घीय राजधानी काठमाडौँ उपत्यकामा आज हुने फरक–फरक दुई प्रदर्शनलाई मध्यनजर गर्दै नेपाल प्रहरीले सुरक्षा व्यवस्था चुस्त बनाएको छ ।
     
काठमाडौँका विभिन्न स्थानमा हुने जुलुस र सभास्थलको सुरक्षा व्यवस्थालाई चुस्त र प्रभावकारी बनाइएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) दिनेशकुमार आचार्यले जानकारी दिए। उपत्यकाका प्रमुख चोकहरूमा प्रहरीको बाक्लो तैनाथी छ भने भैपरी आउने परिस्थितिका लागि आवश्यक सङ्ख्यामा प्रहरी तम्तयार रहेको उनले बताए।  

उपत्यकामा आज समाजवादी मोर्चा नेपालले गणतन्त्रका पक्षमा काठमाडौँ प्रदर्शनीमार्गमा खबरदारी सभा गर्दैछ । त्यसैगरी राजतन्त्र पक्षधरले नयाँबानेश्वर तीनकुनेमा प्रदर्शन गर्दैछन् । 

दुवै प्रदर्शनअघि उपत्यकाका विभिन्न स्थानबाट सुरु भएर र्‍याली जुलुसहरु तोकिएका स्थानमा जम्मा हुने क्रम जारी छ । दुवै समूहको प्रदर्शनले दैनिकीमा अवरोध हुने ठानी सर्वसाधारण सचेत भएर गन्तव्यतर्फ हिँडिरहेका देखिन्छन् ।
 

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  १२ : ०१ बजे

‘हङकङ साहित्यिक साझा शृङ्खला पुरस्कार’ शशी लुमुम्बूलाई 

काठमाडौं– कवि तथा प्राज्ञ शशी लुमुम्बू ‘हङकङ साहित्यिक साझा शृङ्खला

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी

नागरिक उड्डयन र हवाई सेवा प्राधिकरण विधेयक कुनै संस्था टुक्र्याउन होइन : मन्त्री पाण्डे

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल हवाई सेवा प्राधिकरणलाई

कोशीका गोठ रित्तै !

चतरा (सुनसरी) – समयान्तर विश्लेषण गर्नुपर्दा एउटा आहान कोशी किनाराका

आन्तरिक पर्यटकको रोजाइमा दाङको कुलपानी हरित उद्यान

दाङ– दाङको गढवा गाउँपालिका– १ बडहरास्थित कुलपानी हरित उद्यान (पार्क)