राजावादी आन्दोलनमा झडप, प्रहरीले हान्यो अश्रुग्यास र पानीको फोहोरा, नेताहरू भागाभाग | Khabarhub Khabarhub

राजावादी आन्दोलनमा झडप, प्रहरीले हान्यो अश्रुग्यास र पानीको फोहोरा, नेताहरू भागाभाग


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दुर्गा प्रसाईं र नवराज सुवेदी नेतृत्वको राजावादीहरूको आन्दोलन हिंसात्मक भएको छ।

निषेधित क्षेत्र तोडेर अघि बढ्न खोजेपछि तीनकुने क्षेत्रमा प्रहरीले बल प्रयोग गरेको हो ।

राजावादीको आन्दोलनमा सहभागीहरू नयाँबानेश्वर क्षेत्रतिर अघि बढ्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको हो ।

हस्तक्षेपका क्रममा दुर्गा प्रसाईं सवार गाडी तोडफोड भएको छ । अहिले प्रदर्शनकारीले प्रहरीमा ढुंगामुढा गरिरहेका छन् ।

प्रहरीले पनि बल प्रयोग गर्दै अश्रुग्यास, लाठी र पानीको फोहोरा हानेको छ। अहिले तीनकुने क्षेत्र झडपका कारण रणमैदान जस्तै बनेको छ।

प्रहरीले बल प्रयोग गरेपछि राजावादी नेताहरू तीनकुनेको चौरमा बनाइएको मञ्चबाट भागभाग भएका छन् ।

तस्बिरहरू : संगम ढकाल

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  १ : ५० बजे

रौतहटमा चक्कु प्रहार गरी २१ वर्षीय युवकको ह*त्या

रौतहट – यमुनामाई गाउँपालिका–५ फतुवाका २१ वर्षीय युवक साहबुदिन मियाँको

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

झापा – माछा मार्ने क्रममा करेन्ट लागेर आज दिउँसो कमल

गगन थापा भन्छन् : शिक्षकले राजनीतिक आस्था विद्यालयको ढोका बाहिर राख्नुपर्छ

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शिक्षकले राजनीतिक आस्थालाई

रवि थुनिएको नख्खुका जेलरको डोल्पामा सरूवा

काठमाडौं – गृहमन्त्रालयले ललितपुरस्थित नख्खु कारागारका जेलरको सरुवा गरेको छ

काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओ फेरिए

काठमाडौं – गृह मन्त्रालयले उपत्यकाका तीनवटै जिल्लामा प्रमुख जिल्ला अधिकारी