प्रतिनिधिसभा बैठक चैत २७ गतेसम्मका लागि स्थगित « Khabarhub

प्रतिनिधिसभा बैठक चैत २७ गतेसम्मका लागि स्थगित


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको बैठक चैत १७ गतेसम्मका लागि स्थगित भएको छ । शुक्रबार बिहान ११ बजे बस्ने भनिएको बैठक सूचना टाँस गरेर सवा १ बजेसम्मका लागि सारिएको थियो । 

दलहरूबीच सहमति जुट्न नसकेपछि संसद् बैठक बुधबारबाट सुचारु हुन सकेको छैन । बिहीबार पनि संसद् चल्न नसकेपछि सभामुख देवराज घिमिरेले शुक्रबार बिहान ११ बजे गरी बैठकको समय तोकेका थिए । 

प्रतिपक्षमा रहेका दलहरूले बुधबारको बैठकको सुरुवातमै नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई हटाउनुको कारणबारे प्रधानमन्त्रीले सदनलाई जानकारी गराउनुपर्ने भन्दै अवरोध गरेका थिए । 

उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ नदिँदासम्म बैठक चल्न नदिने अडान राखिरहेका छन् । तर, सत्ता पक्ष उनीहरूको माग सम्बोधन गर्न तयार देखिएको छैन ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  १ : ५३ बजे

रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

मुस्ताङ – रसुवामा भदौ १० गते गएको विपद्पछि हिमाली जिल्ला

इंग्लिस प्रिमियर लिग: ब्राइटनसँग स्तब्ध बन्यो साबिक विजेता आर्सनल, ३-० को हार

काठमाडौँ – प्रिमियर लिगको साबिक विजेता आर्सनल यस सिजनकै पहिलो

चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन पक्राउ

बारा – बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट

स्पेनिस ला लिगा: यमाल चम्किएको खेलमा, राफिन्हाको लगातार दोस्रो ह्याट्रिक

काठमाडौँ – ब्राजिलियन फरवार्ड राफिन्हाको लगातार दोस्रो खेलमा उत्कृष्ट ह्याट्रिक

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर