विप्लवको प्रश्न- गाडी चढ्ने दलाल थेग्न नसकेका नेपालीले घोडा चढ्ने सामन्त आए के गर्लान् ? | Khabarhub Khabarhub

विप्लवको प्रश्न- गाडी चढ्ने दलाल थेग्न नसकेका नेपालीले घोडा चढ्ने सामन्त आए के गर्लान् ?


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्यूनिष्ट पार्टी नेकपाका अध्यक्ष नेत्र विक्रम चन्द ‘विप्लव’ले गाडी चढ्ने दलाललाई थेग्न नसकेका नेपालीले घोडा चढ्ने सामन्त आयो भने नेपालीले कसरी थेग्लान् भनेर प्रश्न गरेका छन् । काठमाडौं भृकुटीमण्डपमा समाजवादी मोर्चाले आयोजना गरेको सभामा बोल्दै विप्लवले सो बताएका हुन् ।

‘हामी दलालहरूको सत्ताबाट पनि पीडित आजित भएको मान्छेहरूलाई फेरि ध्वस्त भएको सामन्तिका भूतहरूले फेरि अर्को बोझ थप्न खोजे भने के हामी स्विकार्छौँ ?’, प्रश्न गदै उनले भने, ‘गाडी चढ्ने दलालहरूको हैकम थेग्न नसकेका हामी नेपालीले घोडा चढ्ने सामन्तहरू आयो भने के होला नेपालमा ?’

उनले नेपाली जनता तिन बाटोमा आएर उभिएको भन्दै कता जाने विषयमा सोच्नुपर्ने स्थिति रहेको बताए । सुकुम्वासीको समस्या हल नभएको, गणतन्त्रका लागि लडेकाहरूको अझै पनि ओत लाग्ने ठाउँ नभएको पनि नभएको उनले बताए । साथै उनले नेपाली छोरी चेलीलाई अहिलेसम्म विदेशमा बेच्ने गरिएकोमा अब फेरि नेपालभित्रै बेच्ने गरी षडयन्त्र समेत भएको बताए । 

‘हाम्रो दिदी बहिनीहरूलाई हामी हेर्छौँ, महिला साथीहरूलाई हामी हेर्छौँ, विदेशमा त बेचियो बेचियो विदेशमा त लगेर सुतखोरी गर्‍यो, मानवतस्करी गर्‍यो, आज काठमाडौंमा दिनदाहाडै बेच्ने एउटा षडयन्त्र चल्दैछ र सांसद चेलीहरूको वेश्यालय खोल्ने, रेडलाइट खोल्ने बहस चलिरहेको छ ।’

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ३ : ०२ बजे

मार्चमा एक लाख २१ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल आए

काठमाडौं – सन् २०२५ को मार्च महिनामा एक लाख २१

‘लाज शरणम्’का बालकलाकार केसीको कुपोषणको कारण मृत्यु

काठमाडौं – महाशिवरात्रिमा प्रदर्शनमा आएको फिल्म ‘लाज शरणम्’ मा अभिनय

पर्वतमा ट्र्याक्टर दुर्घटना हुँदा एक किशोरको मृत्यु, चालक गम्भीर

पर्वत – पर्वतको जलजला गाउँपालिका वडा नं ५ लेखफाँटमा आज

कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशनबाट सात विधेयक पारित

सुर्खेत – कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पाँचौँ अधिवेशनबाट सात वटा

गुजरातको पटाका गोदाममा भीषण विस्फोट, १७ जनाको मृत्यु, ५ घाइते

नयाँदिल्ली – भारतको गुजरात राज्यमा मंगलबार एक पटाका गोदाममा भएको