तीनकुनेमा स्थिति नियन्त्रणबाहिर गएपछि हवाई फायर « Khabarhub

तीनकुनेमा स्थिति नियन्त्रणबाहिर गएपछि हवाई फायर


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


465
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजावादीहरूको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रहरीले हवाई फायर गरेको छ ।

स्थिति नियन्त्रण बाहिर गएपछि प्रहरी बाध्य भएर हवाई फायर गरेको बताइएको छ ।

तीनकुनेमा भेला भएका प्रदर्शनकारीले व्यापारिक मल माथि ढुङ्गा मुढा गरेका छन् । यस्तै केही घरहरूमा आगजनी समेत गरेका छन् ।

स्थिति प्रहरीको नियन्त्रण बाहिर गएपछि प्रहरीले सुरुमा आगो निभाउन गएको दमकल प्रयोग गरेको थियो । दमकलमाथि पनि प्रदर्शनकारीले आगजनी गर्न खोजेका थिए ।

ढुङ्गा हानेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो । तर पनि प्रदर्शनकारीले शान्तिपूर्ण गतिविधि नगरेपछि हवाई फायर गरेको हो ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ३ : ०३ बजे

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ

१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड

काठमाडौं – भारतका १४ वर्षीय जादुमयी ब्याटर वैभव सूर्यवंशीले ३९

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल