पूर्वराजाबारे विप्लव भन्छन्- जनतालाई पैतलामुनीको धुलोजत्ति पनि नमान्ने शासकको खाँचो छैन « Khabarhub

पूर्वराजाबारे विप्लव भन्छन्- जनतालाई पैतलामुनीको धुलोजत्ति पनि नमान्ने शासकको खाँचो छैन


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– समाजवादी मोर्चा नेपालको एक घटक नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जनतालाई पैतलामुनीको धुलो जत्ति पनि नमान्ने शासकको खाँचो नभएको बताएका छन् । 

समाजवादी मोर्चा, नेपालले शुक्रबार प्रदर्शनी मार्गमा आयोजना गरेको जनसभा सम्बोधनका क्रममा पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गरेर उनले जनतालाई पैतलामुनीको धुलो जत्ति पनि नमान्ने शासकको खाँचो नभएको बताएका हुन् ।   

‘हामी यो मैदानबाट चुनौती दिन चाहन्छौँ र भन्न चाहन्छौँ हामीलाई प्रभुहरूको खाँचो छैन । हामीलाई महासामत्नहरूको खाँचो छैन । हामीलाई सामन्ती तत्त्वहरूको खाँचो छैन,’ विप्लवले भने, ‘हामीलाई पैतलामुनी जनतालाई धुलोसरी पनि नटेर्ने, सामन्तवादी हैकम चलाउने प्रवृत्तिहरूको हामीलाई खाँचो छैन । शासकहरूको हामीलाई खाँचो छैन ।’

विप्लवले मुलुक गणतन्त्रमा गएपछि पनि नेपाली जनताका सबै चाहना सम्बोधन नभएको आफूहरूलाई थाहा भएको जिकिर गर्दै नेपाली जनताले गणतन्त्रप्रति गौरव गर्ने पनि बताए । 

‘हामी गणतन्त्रसम्म आएका छौँ । नेपाली जनताका सबै चाहना सम्बोधन भएका छैनन्, हामीलाई राम्रोसँग थाहा छ,’ विप्लवले भने, ‘तर, हामीलाई यो पनि थाहा छ कि नेपाली जनताहरू गणतन्त्रसँग गौरव गर्छन् ।’ 

उनले अब गणतन्त्रबाट पछि फर्किन नसकिने पनि बताए । ‘गणतन्त्रबाट पछि फर्किने होइन, केही मान्छेहरूले केही तत्त्वहरूले अहिले फेरि गणतन्त्र उल्टाएर राजतन्त्रको वकालत गरिरहेका छन् । राजतन्त्र फर्काउने कुरा गरेका छन्,’ उनले भने ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ३ : ५८ बजे

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ

१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड

काठमाडौं – भारतका १४ वर्षीय जादुमयी ब्याटर वैभव सूर्यवंशीले ३९

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने