राजावादीको प्रदर्शन हिंस्रक भएपछि प्रशासनले लगायो कर्फ्यू | Khabarhub Khabarhub

राजावादीको प्रदर्शन हिंस्रक भएपछि प्रशासनले लगायो कर्फ्यू


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दुर्गा प्रसाईं र नवराज सुवेदी नेतृत्वको राजावादी समूहले अराजक प्रदर्शन गरेपछि काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यु लगाइएको छ ।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारीका अनुसार शुक्रबार अपरान्ह ४ बजेपछि कर्फ्य आदेश जारी गरिएको हो ।

‘कर्फ्यू आदेश जारी भइसकेको छ । ५ मिनेटमा सूचना आउँछ,’ भण्डारीले खबरहबलाई भने, ‘४ बजेपछि कर्फ्यू जारी भएको सूचना आउँदै छ ।’

उनले कोटेश्वर, तीनकुने र सिनामंगल क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको बताएका छन् । उग्र बनेका प्रदर्शनकारीहरूले निजी घर, मिडिया हाउस र दलका कार्यालयमा पनि आक्रमण गरेका छन् । उता प्रसाईंसहितका राजावादी भने तीनकुने क्षेत्रबाट सुटुक्क भागेका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ४ : १२ बजे

कोशी प्रदेशसभामा पनि उठ्यो उपसभामुख रानाविरुद्धको महाअभियोगको प्रसंग 

विराटनगर– उपसभामुख इन्दिरा राना मगरविरुद्ध महाअभियोग लगाउने प्रयास भएको विषय

उपसभामुखमात्रै होइन, कोशीका सभामुख पनि हटाउने तयारीमा कांग्रेस–एमाले

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमाले संघीय संसद्को

नख्खुबाट प्रचण्डसँग रविको गुनासो : भैरहवा कारागारमा गोलघरमा जस्तै राखे

काठमाडौँ–   सहकारी ठगी प्रकरणमा हाल ललितपुरको नख्खु कारागारमा रहेका

देउवाले भने- जनताले विश्वास गरेकैले यहाँसम्म आइपुगेँ

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताले विश्वास गरेका कारण