राजावादीको हिंस्रक प्रदर्शनपछि गृहमा केन्द्रीय सुरक्षा समितिको आकस्मिक बैठक « Khabarhub

राजावादीको हिंस्रक प्रदर्शनपछि गृहमा केन्द्रीय सुरक्षा समितिको आकस्मिक बैठक


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


630
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजावादीहरूले शुक्रबार प्रदर्शनका नाममा लुटपाटसहित अराजकता मच्चाएपछि केन्द्रीय सुरक्षा समितिको आकस्मिक बैठक बसिरहेको छ ।

गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको आकस्मिक बैठक बसेको हो । बैठकले राजावादीको प्रदर्शनबारे रणनीतिक एजेन्डा बनाउने तयारी गरेको छ।

बैठकमा गृहमन्त्री रमेश लेखक, काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, सुरक्षा प्रमुखहरू र गृह मन्त्रालयका उच्च अधिकारीसहित उपस्थित छन् ।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीका अनुसार बैठकका लागि प्रमुख जिल्ला अधिकारी तिवारी गृहमन्त्रालय पुगिसकेका छन् ।

राजावादीहरुले पछिल्लो पटक कोटेश्वर भाटभटेनी सुपर स्टोर आगजनी र तोडफोड गरेका छन् । तीनकुनेमा तोडफोड गरेलगत्तै कोटेश्वर पुगेर भाटभटेनीमा अहिले लुट मच्चाइरहेका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ४ : ५६ बजे

पाकिस्तानमा विद्यालयको छत खस्दा २९ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

पेसावर-  पाकिस्तानको पेसावरमा बिहीबार निजी विद्यालयको छत खस्दा २८ बालबालिका र

भोटेकोशी बाढी : दसैँ आयो, तर आमाबुवा आउनुभएन

बाँके – गाउँघरमा दसैँको चहलपहल बढेको छ । घरआँगन सरसफाइ

अफतावका छोरा फिरदोस कांग्रेस सहमहामन्त्रीमा विजयी

काठमाडौं– अफताव आलमका छोरा फिरदोस आलम नेपाली कांग्रेसको १५ औँ

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान

अस्ट्रेलियाको बेरोजगारी दरमा वृद्धि, ४.७ प्रतिशत पुग्यो

क्यानबेरा– अस्ट्रेलियामा सेप्टेम्बर महिनामा बेरोजगारी दर बढेर ४.७ प्रतिशत पुगेको