राजावादीको हिंस्रक प्रदर्शनपछि गृहमा केन्द्रीय सुरक्षा समितिको आकस्मिक बैठक | Khabarhub Khabarhub

राजावादीको हिंस्रक प्रदर्शनपछि गृहमा केन्द्रीय सुरक्षा समितिको आकस्मिक बैठक


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


630
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजावादीहरूले शुक्रबार प्रदर्शनका नाममा लुटपाटसहित अराजकता मच्चाएपछि केन्द्रीय सुरक्षा समितिको आकस्मिक बैठक बसिरहेको छ ।

गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको आकस्मिक बैठक बसेको हो । बैठकले राजावादीको प्रदर्शनबारे रणनीतिक एजेन्डा बनाउने तयारी गरेको छ।

बैठकमा गृहमन्त्री रमेश लेखक, काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, सुरक्षा प्रमुखहरू र गृह मन्त्रालयका उच्च अधिकारीसहित उपस्थित छन् ।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीका अनुसार बैठकका लागि प्रमुख जिल्ला अधिकारी तिवारी गृहमन्त्रालय पुगिसकेका छन् ।

राजावादीहरुले पछिल्लो पटक कोटेश्वर भाटभटेनी सुपर स्टोर आगजनी र तोडफोड गरेका छन् । तीनकुनेमा तोडफोड गरेलगत्तै कोटेश्वर पुगेर भाटभटेनीमा अहिले लुट मच्चाइरहेका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ४ : ५६ बजे

राष्ट्रियसभाबाट पानी जहाज विधेयक पारित गरिँदै

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दैछ । बैठक

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक दिउँसो २ बजे संसद

हमास नेता सिनवरको शव पहिचान भएको इजरायको दाबी

काठमाडौं – इजरायली सेनाले गाजामा हमासका प्रमुख याया सिनवरको शव

बुइपामा १ सय १० फिट अग्लो यलम्बरको प्रतिमा निर्माण

खोटाङ- खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– १४ बुइपामा किरातकालीन प्रथम

पाल्पाको रिमिघा लेकमा यार्सागुम्बा फेला

पाल्पा- रम्भा गाउँपालिका– २ फोक्सिङकोट र  वडा नम्बर ३ रिमिघा