एमाले भन्छ- आपाराधिक क्रियाकलापमा संलग्न राजावादीलाई नियन्त्रण गरौँ « Khabarhub

एमाले भन्छ- आपाराधिक क्रियाकलापमा संलग्न राजावादीलाई नियन्त्रण गरौँ


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख सत्तारुढ नेकपा (एमाले) ले राजावादी समूहहरुको हिंसात्मक प्रदर्शनमा संलग्नलाई तत्काल कानुनी कारबाही गर्न माग गरेको छ ।

शुक्रबार दुर्गा प्रसाईं र नवराज सुवेदीसहितको राजावादी समूहले तीनकुने क्षेत्रमा गरेको प्रदर्शनका क्रममा सर्वसाधारण नागरिकको घर, व्यवसायिक भवन, सञ्चारगृह, राजनीतिक दलका कार्यालय र सरकारी भवनमाथि आगजनी र लुटपाट गरेका थिए ।

त्यसक्रममा दुईजनाले ज्यान गुमाएका छन् । एमालेले राजनीतिक दल, नागरिक समाज र आम नेपाली जनतालाई लोकतन्त्रका पक्षमा र पश्चगमनका दुष्प्रयासविरुद्ध गोलबन्द हुन आह्वानसमेत गरेको छ ।

‘आजका आपराधिक क्रियाकलापमा सङ्लग्नहरुलाई तत्काल कानुनी दायरामा ल्याउन र शान्तिसुरक्षाको प्रभावकारी प्रबन्ध गर्न सरकारसँग माग गर्दछ,’ एमाले महासचिव शंकर पोखरेलले भनेका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ८ : ०१ बजे

सरकारबाट उपचार खर्च लिने क्यान्सरका बिरामी बढे

काठमाडौं– विगत पाँच वर्षमा क्यान्सरका बिरामी करिब दोब्बरले बढेका छन्

वाग्मती सफाइ महाअभियान ६८५ औँ हप्तामा

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने

काभ्रेपलाञ्चोक– स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार

लुम्बिनीमा भुटानी गुम्बा निर्माण सुरु, नेपाल–भुटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

भैरहवा– भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भुटान सरकारले निर्माण गर्न

शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत

काठमाडौं– चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा