एमाले भन्छ- आपाराधिक क्रियाकलापमा संलग्न राजावादीलाई नियन्त्रण गरौँ | Khabarhub Khabarhub

एमाले भन्छ- आपाराधिक क्रियाकलापमा संलग्न राजावादीलाई नियन्त्रण गरौँ


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख सत्तारुढ नेकपा (एमाले) ले राजावादी समूहहरुको हिंसात्मक प्रदर्शनमा संलग्नलाई तत्काल कानुनी कारबाही गर्न माग गरेको छ ।

शुक्रबार दुर्गा प्रसाईं र नवराज सुवेदीसहितको राजावादी समूहले तीनकुने क्षेत्रमा गरेको प्रदर्शनका क्रममा सर्वसाधारण नागरिकको घर, व्यवसायिक भवन, सञ्चारगृह, राजनीतिक दलका कार्यालय र सरकारी भवनमाथि आगजनी र लुटपाट गरेका थिए ।

त्यसक्रममा दुईजनाले ज्यान गुमाएका छन् । एमालेले राजनीतिक दल, नागरिक समाज र आम नेपाली जनतालाई लोकतन्त्रका पक्षमा र पश्चगमनका दुष्प्रयासविरुद्ध गोलबन्द हुन आह्वानसमेत गरेको छ ।

‘आजका आपराधिक क्रियाकलापमा सङ्लग्नहरुलाई तत्काल कानुनी दायरामा ल्याउन र शान्तिसुरक्षाको प्रभावकारी प्रबन्ध गर्न सरकारसँग माग गर्दछ,’ एमाले महासचिव शंकर पोखरेलले भनेका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ८ : ०१ बजे

राहदानीको विषय समाधान उन्मुख छ : परराष्ट्र मन्त्रालय

काठमाडौं– परराष्ट्र मन्त्रालयले हाल सेवाग्राहीको उच्च मागअनुसार राहदानी पुस्तिका केही

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत शाक्यले गरे पदभार ग्रहण  

काठमाडौं– एनआईसी एशिया बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सुजित

‘सुशासनसहित निर्वाचन लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाइने छ’

जनकपुरधाम– जिल्ला प्रशासन कार्यालय, धनुषाले आगामी फागुन २१ गते हुने

पहाडको फेदीबाट हेर्दा अनौठो ‘स्काई केभ’

म्याग्दी–  सुख्खा पहाडको टुप्पोमा टाढैदेखि देखिने गोलो आकारको प्वाल ।

सुदूरपश्चिम सरकारले आगलागी पीडितलाई आठ लाख सहयोग गर्ने

कैलाली– सुदूरपश्चिम प्रदेश सरकारले अछामको साँफेबगर नगरपालिका–३ हाटबजारमा गत शनिबार