तीनकुने क्षेत्रको कर्फ्यू भोलि बिहान ७ बजेसम्मलाई लम्बियो | Khabarhub Khabarhub

तीनकुने क्षेत्रको कर्फ्यू भोलि बिहान ७ बजेसम्मलाई लम्बियो


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


624
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंको तीनकुनेसहितका क्षेत्रमा लगाइएको कर्फ्यूको समय थप गरिएको छ ।

काठमाडौं जिल्ला प्रशासनले एक सूचना जारी गर्दै भोलि (शनिबार) बिहान ७ बजेसम्मलाई कर्फ्यू थप गरिएको जनाएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले कर्फ्यू जारी गरिएको क्षेत्रमा भेला, जुलुस, प्रदर्शन, घेराउजस्ता गतिविधि गर्न निषेध गरिएको जानकारी दिए ।

यसअघि शुक्रबार अपराह्न ४ः२५ बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यू जारी गरिएको थियो ।

जिल्ला प्रशासन कार्यालयले तीनकुने, कोटेश्वर र सिनामंगल क्षेत्रमा कर्फ्यू जारी रहने जनाएको छ । कर्फ्यू लगाइएपछि नेपाली सेना बख्तरबन्द गाडीसहित तीनकुने क्षेत्रमा निस्किएको थियो ।

राजधानीका केही हिंसाग्रस्त क्षेत्रमा सेना परिचालनको आदेश भएसँगै प्रहरीलाई पनि आगजनी गर्नेमाथि गोली चलाउन सरकारले अनुमति दिएको छ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  १० : २० बजे

हङकङ सिक्सेस: नेपाल दक्षिण अफ्रिकासँग भिड्दै

काठमाडौं – हङकङ इन्टरनेसनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा

प्रहरी कार्यालयमा तोडफोड आरोपमा श्रीमान्–श्रीमती पक्राउ

बनियानी – जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय अनारमनीमा तोडफोड

चुनाव हारे हारिन्छ संविधान जोगाउन निर्वाचनमा जानुपर्छ: सरिता प्रसाईं

काठमाडौँ– नेपाली कांग्रेसकी नेतृ सरिता प्रसाईंले संविधान जोगाउन पनि पार्टीले

केन्द्रीय सदस्य पौडेलले गगन-विश्वमाथि लगाए यस्ता आरोप

काठमाडौँ– नेपाली कांग्रेसका नेता किरण पौडेलले पार्टीका दुई महामन्त्रीकै भूमिकाले

दैलेखमा जीप दुर्घटना, १५ जना घाइते

काठमाडौं – दैलेखमा बोलेरो जीप दुर्घटना हुँदा १५ जना घाइते