पूर्वराजा ज्ञानेन्द्रलाई सात लाख ९३ हजार जरिवाना, कुन शीर्षकमा कति ? « Khabarhub

पूर्वराजा ज्ञानेन्द्रलाई सात लाख ९३ हजार जरिवाना, कुन शीर्षकमा कति ?


१६ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई झण्डै आठ लाख रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको छ । महानगरपालिकाले चैत १५ (शुक्रबार) तीनकुनेमा आयोजना गरिएको कार्यक्रममा सार्वजनिक सम्पत्तिमा क्षति पुर्यायको भन्दै ज्ञानेन्द्रलाई सात लाख ९३ हजार रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको हो । 

महानगरले पूर्वराजाको नाम उल्लेख गरेर आठवटा छुट्टाछुट्टै पत्र काटेको छ । खबरहबलाई प्राप्त पत्रहरूमा फरक-फरक शीर्षकमा फरक-फरक जरिवाना रकम तोकिएको छ । 

महाननगरले कोटेश्वर, जडिबुटी, तीनकुने, बालकुमारी, महादेवस्थान र सिनामंगल क्षेत्रमा सडक र सडकपेटीमा जथाभावी फोहोरमैला गरी वातावरण प्रदुषण गरेको भन्दै ६ लाख रुपैयाँ जरिवाना तोकेको छ । 

महानगरले आगो निभाउन प्रयोग भएको न्युरोड वारुण यन्त्रको दमकलमा ढुंगामुढा गरेर तोडफोड गरेको भन्दै एक लाख ३० हजार रुपैयाँ जरिवाना तोकेको छ । 

यस्तै राजावादीले कार्यक्रम आयोजना गरेको तीनकुने क्षेत्रका रुख, विरुवा र रेलिङ भाँचेवापत ४० हजार र तीनकुनेकै आइल्यान्ड तोडफोड गरेबापत २३ हजार रुपैयाँ जरिवाना निर्धारण गरेको छ ।

गत फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्र पोखराबाट काठमाडौं फर्किदा आयोजित स्वागत कार्यक्रममा पनि फोहोर गरेको र र्‍यालिङ भाँचेको भन्दै महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई एक लाख रुपैयाँ जरिवाना तिराएको थियो ।

प्रकाशित मिति : १६ चैत्र २०८१, शनिबार  ४ : ३८ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको