अमेरिकाले डिपोर्ट गरेका तीनजना भुटानी शरणार्थी झापाबाट पक्राउ | Khabarhub Khabarhub

अमेरिकाले डिपोर्ट गरेका तीनजना भुटानी शरणार्थी झापाबाट पक्राउ


१६ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकाले देशनिकाला गरेर पठाएका तीनजना भुटानी शरणार्थी झापाबाट शनिबार दिउँसो समातिएका छन् ।

दमक नगरपालिका–३ स्थित बेलडाँगी शरणार्थी शिविरमा बस्दै आएका ३६ वर्षीय आशिष सुवेदी, ३१ वर्षीय सन्तोष दर्जी र ३६ वर्षीय रोशन तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र खड्काले जाकारी दिएका छन् ।

उनीहरूलाई तीनैजनालाई अमेरिका देश निकाला गरेर भुटान फर्काएको थियो। तर तीनैजना भुटान नफर्की नेपाल छिरेर शरणार्थी शिविरमा बसिरहेका थिए ।

तीनैजना झापास्थित पूर्वीनाकाबाट नेपाल छिरेको अनुमान प्रहरीले गरेको छ । अमेरिकाले डिपोर्ट गरेर पठाएका भुटानीहरू अहिले विभिन्न देशबाट भारत हुँदै नेपाल छिरिरहेका छन् ।

अमेरिकाबाट फर्किएर भारतमा बसिरहेका भुटानीहरू नेपाल छिर्न थालेको सूचना प्रहरीलाई आएको थियो । प्रहरीले शनिबार समातेका तीनै भुटानी शरणार्थीलाई अध्यागमन कार्यालय काँकडभिट्टामा पठाएको छ।

अमेरिकाबाट फर्काइएका भुटानी शरणार्थीलाई भारतले शरण दिन मानेको छैन । त्यहीकारण उनीहरू नेपाल छिर्न थालेका हुन् ।

प्रकाशित मिति : १६ चैत्र २०८१, शनिबार  ८ : ३६ बजे

युद्ध र सशस्त्र द्वन्द्वमा वातावरणको दुरुपयोग रोक्ने अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौं– संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम (युएनइपी)को अगुवाइमा युद्ध र सशस्त्र

मध्यरातमा बालेनको धन्यवाद ‘स्टाटस’

काठमाडौं – काठमाडौं महानगरका मेयर बालेन्द्र साहले अग्निपथ म्युजिक भिडियोका

यी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फुटबलका लागि ‘रेफ्री’ र ‘कोच’को प्रशिक्षण

कञ्चनपुर – जिल्लाको दोधारा चाँदनीमा फुटबल ‘रेफ्री’ र ‘कोच’को प्रशिक्षण

हरिवंश र धुर्मुसलाई लिएर ‘पाँच पाण्डव’ बन्दै : अरु को को छन् कलाकार ?

काठमाडौं – अभिनेता हरिवंश आचार्यलाई लिएर नयाँ चलचित्र ‘पाँच पाण्डव’