हलेसीमा निःशुल्क आँखा स्वस्थ्य शिविर | Khabarhub Khabarhub

हलेसीमा निःशुल्क आँखा स्वस्थ्य शिविर


१७ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

खोटाङ– नेपाल नेत्रज्योति सङ्घले हलेसी बजारमा आयोजना गरेको निःशुल्क शल्यक्रियासहितको आँखा स्वस्थ्य शिविरमा ६०३ जना लाभान्वित भएका छन् ।

लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालको प्राविधिक तथा हलेसी तुवाचुङ नगरपालिकाको आर्थिक सहयोगमा यही चैत १४, १५ र १६ गतेसम्म सञ्चालन भएको शिविरमा १०७ जनाको आँखाको शल्यक्रिया गरिएको थियो ।

शिविरमा ४४५ जनालाई औषधि तथा ७५ जना ज्येष्ठ नागरिकलाई चस्मा वितरण गरिएको नेत्रज्योति सङ्घका अध्यक्ष इन्द्र कसजूले जानकारी दिए ।

शिविरमा सगरमाथा चौधरी आँखा अस्पताल लहानका मुख्य शल्य चिकित्सक डाक्टर दिवाकर चौधरीसहित १६ जनाको प्राविधिक टोली परिचालन भएको थियो ।

प्रकाशित मिति : १७ चैत्र २०८१, आइतबार  १० : ३७ बजे

जल्दै गरेको अवस्थामा उद्धार गरिएकी महिलाको मृत्यु

काठमाडौं – काठमाडौं महानगरपालिका–६ तेन्जिङचोकस्थित एक घरमा आगलागी हुँदा जलेर

बिमस्टेकलाई जनकेन्द्रित र सहकार्यमुखी बनाऔँ : परराष्ट्रमन्त्री

काठमाडौं – परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले बहुक्षेत्रीय प्राविधिक तथा

गण्डकी प्रदेश : खेलकुदमा राजनीतिक भागबन्डा

पोखरा – गण्डकी प्रदेशका ११ जिल्लामा खेलकुद विकास समितिको राजनीतिक

दुर्गम गाउँमा मोतियाविन्दुको निःशुल्क शल्यक्रिया

धुलिखेल – काभ्रेपलाञ्चोकको विकट डाँडापारिस्थित खानीखोला गाउँपालिका–३ बाङ्गेका ८२ वर्षीय

रास्वपाको अलमल – राजावादीलाई साथ दिने कि गणतन्त्रलाई ?

काठमाडौं– राजावादीहरुको पछिल्लो गतिविधिबारे रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी