महानगरको टोली निर्मल निवासमा, पूर्वराजाको सचिवालयले जरिवाना पत्र बुझ्न मानेन « Khabarhub

महानगरको टोली निर्मल निवासमा, पूर्वराजाको सचिवालयले जरिवाना पत्र बुझ्न मानेन


१७ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाको नगर प्रहरी बल जरिवाना पत्र बुझाउन निर्मल निवास पुगेको छ।

काठमाडौं महानगरपालिका–३२ स्थित, तीनकुने, कोटेश्वर र जडीबुटी क्षेत्रमा भएको तोडफोड, आगजनी र दमकलमासमेत शुक्रबार आगजनी गरिएपछि तोकिएको जरिवानाको पत्र निर्मल निवास लगिएको हो ।

राजावादीहरूको उग्र प्रर्शनपछि भएको क्षतिको जिम्मेवार पूर्वराजा ज्ञानेन्द्र शाहलाई बनाउँदै काठमाडौं महानगरपालिकाले विभिन्न शीर्षकमा शनिबार ७ लाख ९३ हजार जरिवाना गराउने निर्णय गरेको थियो ।

सडकसहितका सार्वजनिक स्थानमा गरिएको फोहोर, निजी तथा सार्वजनि सम्पत्तिल तोडफोडसहितको जरिवाना पत्र बोकेर महानगरको नगर प्रहरी बल महाराजगञ्जस्थित निर्मल निवास परिसर पुगेको हो ।

विभिन्न शीर्षकका ८ वटा जरिवाना पत्रसहित शाहको निजी निवास निर्मल निवासमा नगर प्रहरी पुगेको हो । महानगर प्रहरी बलका प्रमुख राजु पाण्डेले टोली निर्मल निवास पुगेको बताएका छन् ।

उनका अनुसार निर्मल निवासले जरिवाना पत्र बुझ्न अस्वीकार गरेको छ । तर उक्त पत्र बुझाउने अडानसहित नगर प्रहरी बल अहिले निर्मल निवासमै बसिरहेको छ ।

प्रकाशित मिति : १७ चैत्र २०८१, आइतबार  ११ : १३ बजे

राम्रो आम्दानीको स्रोत बन्दै रुद्राक्ष

भोजपुर– भोजपुरमा यस वर्ष रुद्राक्षको कारोबार सुरु भएको छ ।

एसिसी प्रिमियर कप: नेपालले टस जितेर बहराइनलाई दियो ब्याटिङको निम्तो

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणमा

जुम्लामा १९ सय क्विन्टल चामल मौज्दात

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा एक हजार

पृथ्वी, अरनिको र मेची राजमार्ग अवरुद्ध : देशभरका कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न

केही भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल