महानगरको टोली निर्मल निवासमा, पूर्वराजाको सचिवालयले जरिवाना पत्र बुझ्न मानेन « Khabarhub

महानगरको टोली निर्मल निवासमा, पूर्वराजाको सचिवालयले जरिवाना पत्र बुझ्न मानेन


१७ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाको नगर प्रहरी बल जरिवाना पत्र बुझाउन निर्मल निवास पुगेको छ।

काठमाडौं महानगरपालिका–३२ स्थित, तीनकुने, कोटेश्वर र जडीबुटी क्षेत्रमा भएको तोडफोड, आगजनी र दमकलमासमेत शुक्रबार आगजनी गरिएपछि तोकिएको जरिवानाको पत्र निर्मल निवास लगिएको हो ।

राजावादीहरूको उग्र प्रर्शनपछि भएको क्षतिको जिम्मेवार पूर्वराजा ज्ञानेन्द्र शाहलाई बनाउँदै काठमाडौं महानगरपालिकाले विभिन्न शीर्षकमा शनिबार ७ लाख ९३ हजार जरिवाना गराउने निर्णय गरेको थियो ।

सडकसहितका सार्वजनिक स्थानमा गरिएको फोहोर, निजी तथा सार्वजनि सम्पत्तिल तोडफोडसहितको जरिवाना पत्र बोकेर महानगरको नगर प्रहरी बल महाराजगञ्जस्थित निर्मल निवास परिसर पुगेको हो ।

विभिन्न शीर्षकका ८ वटा जरिवाना पत्रसहित शाहको निजी निवास निर्मल निवासमा नगर प्रहरी पुगेको हो । महानगर प्रहरी बलका प्रमुख राजु पाण्डेले टोली निर्मल निवास पुगेको बताएका छन् ।

उनका अनुसार निर्मल निवासले जरिवाना पत्र बुझ्न अस्वीकार गरेको छ । तर उक्त पत्र बुझाउने अडानसहित नगर प्रहरी बल अहिले निर्मल निवासमै बसिरहेको छ ।

प्रकाशित मिति : १७ चैत्र २०८१, आइतबार  ११ : १३ बजे

एमालेमा टिकट वितरणपछि असन्तोष, योगेश भट्टराईको गम्भीर आपत्ति

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २१

ओलीको तालमेल रणनीति : प्रचण्ड र राप्रपासँग बार्गेनिङका लागि रुकुमपूर्व र झापा–३ खाली राखे

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा

विष्णु पौडेलले छाडे रुपेन्देही–२, पाल्पाबाट निर्वाचन लड्ने

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पाल्पा–२ बाट चुनाव

ओखलढुंगामा यज्ञराज रोकेर अस्मितालाई दिए ओलीले टिकट

काठमाडौं – अनेरास्ववियुबाट राजनीति थालेकी ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता

यी हुन् एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार

काठमाडौं– नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका उम्मेदवार टुंगो लगाएको