राजावादीका नाममा लुटपाट, आगजनी र तोडफोडमा संलग्नविरुद्ध प्रहरीको अभियान, सर्वसाधारणसँग माग्यो सूचना | Khabarhub Khabarhub

राजावादीका नाममा लुटपाट, आगजनी र तोडफोडमा संलग्नविरुद्ध प्रहरीको अभियान, सर्वसाधारणसँग माग्यो सूचना


१७ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


435
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राजावादीका नाममा गत शुक्रबार काठमाडौंको तीनकुने क्षेत्रमा ताण्डव मच्चाउनेहरूबारे नेपाल प्रहरीले सर्वसाधारणसँग सूचना र विवरण मागेको छ ।

काठमाडौंको तीनकुने, कोटेश्वर, सिनामंगल, जडिबुटी लगायतका क्षेत्रहरूमा निजी सम्पत्ति, प्रहरी कार्यालय, सञ्चार गृह, राजनीतिक दलका कार्यालय, सरकारी कार्यालय, भाटभटेनीसहितका व्यापारिक केन्द्रमा गरिएको उपद्रोमा संलग्नको विवरण प्रहरीले मागेको हो ।

निजी तथा सरकारी सवारी साधनहरूमा तोडफोड, आगजनी, लुटपाट एवम् अरू गैरकानुनी अपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूबारे अनुसन्धानको प्रमाण संकलनका लागि प्रहरीले सहयोग मागेको हो ।

‘यहाँहरूसँग भएका तथ्यपरक सूचना (फोटो, भिडियो, संलग्न व्यक्तिको विवरण) उपलब्ध गराई अनुसन्धानमा सहयोग गरिदिनु हुन अनुरोध छ,’ प्रहरीले भनेको छ, ‘सूचना र सूचनाकर्ताको गोपनीयता कायम रहने व्यहोरा जानकारी गराउन चाहान्छौँ ।’

शुक्रबार मच्चाइएको उपद्रोमा संलग्नमध्ये शनिबारसम्म १११ जना पक्राउ परिसकेका छन् । प्रहरीले भाटभटेनी लुटमा संलग्न महिलासहित साजनालाई समातिसकेको छ ।

प्रकाशित मिति : १७ चैत्र २०८१, आइतबार  १ : २५ बजे

राष्ट्रियसभाबाट पानी जहाज विधेयक पारित गरिँदै

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दैछ । बैठक

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक दिउँसो २ बजे संसद

हमास नेता सिनवरको शव पहिचान भएको इजरायको दाबी

काठमाडौं – इजरायली सेनाले गाजामा हमासका प्रमुख याया सिनवरको शव

बुइपामा १ सय १० फिट अग्लो यलम्बरको प्रतिमा निर्माण

खोटाङ- खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– १४ बुइपामा किरातकालीन प्रथम

पाल्पाको रिमिघा लेकमा यार्सागुम्बा फेला

पाल्पा- रम्भा गाउँपालिका– २ फोक्सिङकोट र  वडा नम्बर ३ रिमिघा