नवराज सुवेदी ‘नजरबन्द’मा परेपछि जगमान राजावादी आन्दोलनका संयोजक « Khabarhub

नवराज सुवेदी ‘नजरबन्द’मा परेपछि जगमान राजावादी आन्दोलनका संयोजक


१७ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


996
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राजावादीहरूले शुक्रबार गरेको आन्दोलन हिंसात्मक भएपछि केही नेता समातिएका छन् भने केही नजरबन्दमै परेका छन् ।

शुक्रबार दुईजनाको ज्यान जाने गरी भएको हिंसात्मक आन्दोलनपछि प्रहरीले धरपकड तीव्र बनाउँदा राजावादीहरूको भागाभाग भएको छ।

अहिलेसम्म राजावादी आन्दोलन समितिका संयोजक नवराज सुवेदी घरमै नजरबन्दमा परेका छन् । उनको निवासलाई प्रहरीले घेरेर राखेको छ।

सुवेदीलाई मोबाइल फोन र अन्य सञ्चारका साधनबाटसमेत बञ्चित गरिएपछि उनले आन्दोलन समितिको संयोजक नै अर्कोलाई तोकेका छन् ।

शुक्रबार काठमाडौंमा भएको प्रदर्शन हिंसात्मक भएपछि स्थगित भएको आन्दोलनलाई गति दिने गरी नयाँ संयोजकका रुपमा जगमान गुरुङलाई तोकिएको हो ।

शुक्रबार भिडलाई उक्साएर भागेका राजावादी आन्दोलनको जनकमाण्डर तोकिएका दुर्गा प्रसाईं अहिले लुकेर बसिरहेका छन् । शुक्रबार निषेधित क्षेत्र तोडेपछि गाडी खोसिएर भागेका उनले आफू काठमाडौंमै रहेको जिकिर गरेका छन् ।

भागेका उनै प्रसाईं तीनकुने घटनाको मुख्य योजनाकार रहेको निष्कर्ष सरकारले निकालेको छ । यस प्रकरणमा राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरा अहिले प्रहरीको हिरासतमा छन् । उनीहरूलाई आइतबार म्याद थपिँदैछ । तर उनीहरूको मुद्दाबारे प्रहरीले एकिन गरिसकेको छैन ।

राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति संयोजक सुवेदी घरमै नजरबन्दमा परेपछि उनले अब कार्यवाहक संयोजक संस्कृतिविद जगमान गुरुङलाई बनाएका हुन् ।

सुवेदीले अब आन्दोलन जगमान गुरुङ (नेपाल ऋषि) को नेतृत्वमा राजावादी आन्दोलन अघि बढ्ने बताएका छ्न । यसैबीच सुवेदीले आन्दोलनलाई निरन्तरता दिन सबै दल र संघ-संस्थासँग सहयोगको अपिल पनि गरेका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०८१, आइतबार  ४ : ०३ बजे

रोसिङ्टनले शतक हान्दा कर्णालीलाई पोखराले दियो २ सय २ रनको विशाल लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई २

पोखराका आडम रोसिङ्टनले कर्णालीविरुद्ध हाने शतक

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा पोखरा एभेन्जर्सका आडम रोसिङ्टनले शतक

लुम्बिनीको रिक्त प्रदेशसभा सदस्यमा रेवती गुरुङ

तुलसीपुर– लुम्बिनी प्रदेशसभामा रिक्त रहेको प्रदेशसभा सदस्य पदमा रेवती गुरुङलाई

हात्ती महोत्सवमा हात्तीमाथिको यातना रोक्न सन्नी लियोनीको आग्रह

काठमाडौं– बलिउड अभिनेत्री सन्नी लियोनीले चितवन हात्ती महोत्सवमा हुने क्रूरता

पोखराले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा पोखरा एभेन्जर्सले दोस्रो विकेट गुमाएको