नवराज सुवेदी ‘नजरबन्द’मा परेपछि जगमान राजावादी आन्दोलनका संयोजक « Khabarhub

नवराज सुवेदी ‘नजरबन्द’मा परेपछि जगमान राजावादी आन्दोलनका संयोजक


१७ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


996
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राजावादीहरूले शुक्रबार गरेको आन्दोलन हिंसात्मक भएपछि केही नेता समातिएका छन् भने केही नजरबन्दमै परेका छन् ।

शुक्रबार दुईजनाको ज्यान जाने गरी भएको हिंसात्मक आन्दोलनपछि प्रहरीले धरपकड तीव्र बनाउँदा राजावादीहरूको भागाभाग भएको छ।

अहिलेसम्म राजावादी आन्दोलन समितिका संयोजक नवराज सुवेदी घरमै नजरबन्दमा परेका छन् । उनको निवासलाई प्रहरीले घेरेर राखेको छ।

सुवेदीलाई मोबाइल फोन र अन्य सञ्चारका साधनबाटसमेत बञ्चित गरिएपछि उनले आन्दोलन समितिको संयोजक नै अर्कोलाई तोकेका छन् ।

शुक्रबार काठमाडौंमा भएको प्रदर्शन हिंसात्मक भएपछि स्थगित भएको आन्दोलनलाई गति दिने गरी नयाँ संयोजकका रुपमा जगमान गुरुङलाई तोकिएको हो ।

शुक्रबार भिडलाई उक्साएर भागेका राजावादी आन्दोलनको जनकमाण्डर तोकिएका दुर्गा प्रसाईं अहिले लुकेर बसिरहेका छन् । शुक्रबार निषेधित क्षेत्र तोडेपछि गाडी खोसिएर भागेका उनले आफू काठमाडौंमै रहेको जिकिर गरेका छन् ।

भागेका उनै प्रसाईं तीनकुने घटनाको मुख्य योजनाकार रहेको निष्कर्ष सरकारले निकालेको छ । यस प्रकरणमा राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरा अहिले प्रहरीको हिरासतमा छन् । उनीहरूलाई आइतबार म्याद थपिँदैछ । तर उनीहरूको मुद्दाबारे प्रहरीले एकिन गरिसकेको छैन ।

राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति संयोजक सुवेदी घरमै नजरबन्दमा परेपछि उनले अब कार्यवाहक संयोजक संस्कृतिविद जगमान गुरुङलाई बनाएका हुन् ।

सुवेदीले अब आन्दोलन जगमान गुरुङ (नेपाल ऋषि) को नेतृत्वमा राजावादी आन्दोलन अघि बढ्ने बताएका छ्न । यसैबीच सुवेदीले आन्दोलनलाई निरन्तरता दिन सबै दल र संघ-संस्थासँग सहयोगको अपिल पनि गरेका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०८१, आइतबार  ४ : ०३ बजे

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब