भाटभटेनीबाट स्याउ र सुन्तला बोकेर हिँडेका व्यक्ति पनि पक्राउ « Khabarhub

भाटभटेनीबाट स्याउ र सुन्तला बोकेर हिँडेका व्यक्ति पनि पक्राउ


१७ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रहरीले यही शुक्रबार भएको राजावादी आन्दोलनको क्रममा कोटेश्वरस्थित भाटभटेनी सुपरस्टोरमा लुटपाट गर्ने केहीलाई पक्राउ गरेको जनाएको छ ।

यही क्रममा भाटभटेनीबाट तीन दाना स्याउ र सुन्तला लिएर भाग्ने व्यक्ति पनि पक्राउ परेका छन् । सामाजिक सञ्जालमा भाइरल भिडियोका आधारमा प्रहरीले ती व्यक्तिलाई पक्राउ गरेको हो । उनको नाम र ठेगाना भने प्रहरीले खुलाएको छैन् । सार्वजनिक भिडियोमा ती व्यक्तिले तीन/चार दाना सुन्तला र स्याउ खल्तीमा राखेर भाग्दै गरेको देखिन्छ ।

यस्तै ब्ल्याक लेबल र ज्याक डेनियल रक्सी लुटेका धनुषाका आशिष तामाङ, बियर लुटेका सर्लाहीको प्रेमकुमार महतो, यार्चागुम्बा ब्राण्डको मदिरा लुटेका भारतका रविरञ्जन कुमार पक्राउ परेका छन् ।

उता हाफ पाइन्ट र ट्राउजर लुटेर भागेकी नुवाकोटकी सुशील कुमाल पनि पक्राउ परेकी छन् ।

त्यस्तै, ट्रे र क्यारेट लुटेर लगेकी सुनसरीकी एलिसा राई, क्यारेट लुटमा संलग्न कोटेश्वरकै बालकुमारी कार्की पनि समातिएकी छन् ।

फलफूल लुटमा संलग्न सिन्धुपाल्चोककी निर्मला कार्की पनि पक्राउ परेकी छन् । उता भाटभटेनीको भुइँतलास्थित स्टोरबाट लिपिस्टिक र गाजल लुटेर लैजाने कोटेश्वरकै चित्रमाया बस्नेत र सुस्मिता बराललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०८१, आइतबार  १० : ५२ बजे

‘तपाईंले प्रत्येक पटक एक क्यान कोक पिउँदा आफ्नो जीवनको १२ मिनेट गुमाउनुहुन्छ’

काठमाडौं– चिनीयुक्त पेय पदार्थहरूले कलेजोमा बोसो जम्ने रोग, टाइप २

पूर्वाग्रह त्यागेर शून्यबाट नवीन यात्रा थाल्नुपर्छ : कांग्रेस नेता महर 

चितवन- नेपाली कांग्रेसका नेता नैनसिंह महरले ऐतिहासिक विरासत बोकेको कांग्रेसलाई

स्वास्थ्य केन्द्र जाँदै गरेकी एक महिलाले बाटोमै जन्माइन शिशु 

कैलाली– कैलालीको दुर्गम क्षेत्र मोहन्याल गाउँपालिकामा एक महिलाले स्वास्थ्य केन्द्र

हङकङमा अल्ट्रा ट्रेल रनिङ : नेपाली धावक सन्तोष तामाङ दोस्रो

हङकङ– नेपाली अल्ट्रा ट्रेल रनिङ संघ, हङकङ (HKNUTRA)को आयोजनामा टाइमोसन

चलचित्र निर्माणमा एआईको प्रयोगबारे दुई दिने कार्यशाला सुरु

काठमाडौं – चलचित्र विकास बोर्ड र नेपाल एआई फिल्म एलान्स