पहिलो पटक पुटिनसँग ट्रम्पको आक्रोश- तेलमा ५० प्रतिशत करको चेतावनी « Khabarhub

पहिलो पटक पुटिनसँग ट्रम्पको आक्रोश- तेलमा ५० प्रतिशत करको चेतावनी


१८ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनसँग आक्रोश व्यक्त गरेका छन्।

युद्ध विरामका लागि प्रयास गरेको एक सातापछि एनबिसी न्युजसँगको अन्तरवार्तामा ट्रम्पले रुसबाट युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीको विश्वनियतामा अनावश्यक प्रश्न उठाउने काम मात्र गरेकाले समस्या आएको बताए।

उनले रुस युद्ध विरामका लागि सहमत नभए त्यहाँ बाट आउने तेलमा ५० प्रतिशत करको निर्णय गर्ने चेतावनी दिए। ‘युक्रेनमा रक्तपात पूर्ण अवस्थाको अन्त्य भएन र त्यसको जिम्मेवार रुस हो भन्ने मलाई लागेमा माथिल्लो तहको प्रतिबन्ध लगाउन तयार हुनुपर्छ’, ट्रम्पले भने।

अमेरिकी राष्ट्रपतिको पदमा निर्वाचित भएदेखि नै युद्ध विरामको प्रयासमा लागेका ट्रम्पले यस बीचमा युक्रेनलाई दबाब दिँदै आएका थिए। उनलाई कतिपयले रुसप्रति लचिलो भएको आरोप लगाएका थिए। ट्रम्पले पहिलो पटक रुसलाई यसरी चेतावनी दिएका हुन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की, रुसी राष्ट्रपति भ्लाडिमिर पुटिन । तस्बिरः एजेन्सी

एनबिसीले गरेको फोन अन्तरवार्तामा ट्रम्प रुससँग अत्यन्त क्रोधित भएका थिए भने उनले जेलेन्स्कीलाई पनि तानाशाहको रूपमा व्याख्या गरे। जेलेन्स्कीले वार्ताको क्रममा त्यहाँको निर्वाचन रोकेर आफू पदमा यथावतै हुनका लागि प्रस्ताव गरेका छन्। यसले युक्रेनमा राजनीतिक अस्थिरता बढ्ने संकेत देखिएको छ।

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार  ६ : ३४ बजे

प्रतिनिधि छनोट रोकेको भन्दै सभापतिका उम्मेदवार राठोर आक्रोशित

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका किशोरसिंह

एकसय १२ रोपनी जग्गा सरकारको नाममा दाखिला

काठमाडौं– काठमाडौं महानगरपालिका–४ को ११२ रोपनी जग्गा नेपाल सरकारको नाममा

नेपाल राष्ट्र बैंकद्वारा उपचार, आयात र सेवा क्षेत्रको सटही सुविधा वृद्धि

काठमाडौं– नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र-२०८२

नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु

एजेन्सी– नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले सोमबार देशको दक्षिणपश्चिमी ओन्डो राज्यमा

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पछिल्ला दुई महिनामा २७७ वटा सर्पदंशका घटना