पहिलो पटक एकीकृत समाजवादीको कार्यालय जाँदै प्रधानमन्त्री ओली « Khabarhub

पहिलो पटक एकीकृत समाजवादीको कार्यालय जाँदै प्रधानमन्त्री ओली


१८ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा प्रतिनिधिसभा बैठक सकेर आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको कार्यालयमा जाने भएका छन् ।

उनी माधवकुमार नेपालले २०७८ भदौमा एमाले विभाजन गरेर नयाँ दल खोलेयता पहिलो पटक समाजवादीको कार्यालयमा जान लागेका हुन् ।

ओली लेखक तथा वामआन्दोलनका पुराना नेता कमल कोइरालाको पार्थिक शरीरलाई श्रद्धान्जलि दिन आलोकनगर जान लागेका उनको सचिवालयले खबरहबलाई बताएको छ ।

कोइराला नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सल्लाहकार हुन् । कोइरालाको आइतबार राति उपचारका क्रममा काठमाडौं मेडिकल कलेजमा निधन भएको थियो ।

सचिवालयका अनुसार ओलीले आलोकनगर पुगेर गत शुक्रबार भएको आगजानी र तोडफोडको क्षतिको पनि अवलोकन गर्ने भएका छन् । राजावादीहरूको अराजक समूहले आन्दोलनका क्रममा एकीकृत समाजवादीको कार्यालयमा तोडफोड र आगजनी गरेका थिए ।

एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले पनि प्रतिनिधि सभा बैठक सकेर प्रधानमन्त्री ओली आलोकनर पुग्न लागेको जानकारी दिइन् । ओलीले दिवंगत नेता कोइरालाको पार्थिव शरीरमा माल्यार्पण गर्ने कार्यक्रम रहेको उनले जानकारी दिइन् ।

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार  १२ : २५ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा