प्रधानमन्त्रीले प्रसाईंलाई पूर्वराजाले ‘जनकमान्डर’ बनाएको भनिदिँदा संसद्‍मा राप्रपा आक्रोशित « Khabarhub

प्रधानमन्त्रीले प्रसाईंलाई पूर्वराजाले ‘जनकमान्डर’ बनाएको भनिदिँदा संसद्‍मा राप्रपा आक्रोशित


१८ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


975
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो निवासमा बोलाएर विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ‘जनकमान्डर’ तोकेको दाबी गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आपत्ति जनाएको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले राष्ट्रममा उभिएर प्रसाईंको नाम उल्लेख नगरी पूर्वराजाले आफ्नो निवासमा बोलाएर ‘जनकमान्डर’ तोकेको दाबी गरेपछि राप्रपाका सांसदहरूले आपत्ति जनाएका हुन् ।

प्रधानमन्त्री ओलीले ‘र, चैत १४ गते समाज बिथोल्न लागिपरेका एकजना अवाञ्छित व्यक्तिलाई आफ्नै निवासमा डाकेर कथित ‘जनकमान्डर’ तोक्नुभयो र हिंसात्मक वारदातका लागि खटाउनु भयो’ भनेलगत्तै राप्रपाका सांसदहरूले बसेको स्थानबाट उत्रिएर होहल्ला गरेका थिए ।

तर, प्रधानमन्त्री ओली रोकिएनन् । उनी लिखित धारणा पढ्दै अघि बढिरहे । राप्रपाको हो–हल्लाबाट ध्यानाकर्षण भएजस्तो गरेर सभामुख देवराज घिमिरेले भने, ‘माननीय सदस्य आशन ग्रहण गर्नुस् ।’

उनले यसो भनिरहँदा राप्रपाका सांसदहरू ज्ञानेन्द्रबहादुर शाहीसहित तीनजना सांसदहरू आशनबाट उठेर बोलिरहेका थिए ।

फेरि सभामुख घिमिरेले प्रधानमन्त्री ओलीलाई मन्तव्य रोक्न आदेश दिए । भने, ‘प्रधानमन्त्री आफ्नो मन्तव्य रोक्नुस् । र, के, प्रधानमन्त्री । तर, प्रधानमन्त्री ओली रोकिएनन्, उनी बोलिरहे ।

प्रधानमन्त्रीले रोकिने आदेश नमानेपछि सभामुख घिमिरे फेरि राप्रपाका सांसदहरूलाई आशन ग्रहणका लागि आग्रह गर्न पुगे । ‘माननीय सदस्य यहाँहरू आशन ग्रहण गर्नुस्,’ उनले भने, ‘प्रधानमन्त्रीले समय पाउनुभएको छ, उहाँले बोलिरहनुभएको छ । माननीय सदस्यहरू आशन ग्रहण गर्नुस् ।’

सभामुखले यसो भनिरहँदा राप्रपा सांसद शाही डायरी हातमा उचालेर केही भनिरहेको दृष्य देखिएको थियो । तयसपछि प्रधानमन्त्री ओलीले लिखित मन्तव्य पाढ्न रोकेर आक्रोशित हुँदै भने, ‘नियमावलीको होइन यहाँ । संविधान उल्लंघन गर्ने कुरा, व्यवस्था मास्ने कुरासँग म प्रश्न उठाइरहेको छु । यस देशमा सबैले संविधान मान्नुपर्छ । व्यवस्था मान्नुपर्छ । हो–हल्ला गरेका भरमा राजनीति र संसद् सबैलाई अबरोध गर्ने काम गर्न मिल्दैन ।’

प्रधानमन्त्री ओलीले राप्रपाका प्रति आक्रोश गर्दै यस्तो भनिरहँदा सत्ता साझेदार नेपाली कांग्रेसका सांसदसँगै नेकपा एमालेका सांसदहरू टेबल ठोकेर समर्थन गरिरहेका थिए ।

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार  १२ : ४४ बजे

तस्बिरमा यस्तो देखियो कांग्रेस काठमाडौं १० को चुनावी सभा

काठमाडौं– नेपाली कांग्रेसले काठमाडौं क्षेत्र नम्बर १० मा चुनावी सभा

माओवादी पूर्वकेन्द्रीय सदस्य र रास्वपा बागमती सदस्यसहित ११ जना एमालेमा प्रवेश, बादलले गरे स्वागत

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट ११ जना

स्ट्रेट अफ हर्मुजमा पलाउको ध्वजावाहक जहाजमाथि हमला, चार घाइते

काठमाडौं- रणनीतिक महत्वको स्ट्रेट अफ हर्मुजमा एउटा तेल बोकेको जहाजमाथि

मोरङ ६ मा एमालेका ढकाललाई उज्यालो नेपालका बुढाथोकीको समर्थन

विराटनगर- कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीबाट मोरङ क्षेत्र नम्बर

बाबुराम-जनार्दनको विचित्र राजनीति, नेकपाविरोधी सबैलाई प्रलोपाको समर्थन

काठमाडौं– पूर्वमाओवादी नेताहरू डा बाबुराम भट्टराई र जनार्दन शर्माहरूले पछिल्लो