तीनकुने घटनापछि भागेका दुर्गा प्रसाईं र उकास्ने पूर्वराजालाई कारबाही हुनुपर्छ : रेखा शर्मा « Khabarhub

तीनकुने घटनापछि भागेका दुर्गा प्रसाईं र उकास्ने पूर्वराजालाई कारबाही हुनुपर्छ : रेखा शर्मा


१८ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले अहिलेको व्यवस्थाको विकल्प राजतन्त्र हुन नसक्ने बताएकी छन् ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकको विशेष समयमा पार्टीकोतर्फबाट बोल्दै उनले यस्तो बताएकी हुन् ।

‘अहिले संघीय लोकतानित्रक गणतन्त्र व्यवस्थाको अभ्यासमा हामी छौँ । यो व्यवस्थाको विकल्प राजतन्त्र होइन । त्यो पश्चगमन हो । पश्चगमनका पक्षमा हामी कहिले पनि छैनौँ । हुने छैनौँ’, उनले भनिन्, ‘त्यसकारण सम्माननीय सभामुखमार्फत् म आग्रह गर्न चाहन्छु–हामी संघीय लोकतान्त्रिक गणतन्त्रामा छौँ भन्दैमा के हामीलाई सबै गर्ने छुट छ ? छैन । हामीले संघीय गणतन्त्र, लोकतन्त्रमा हामीले सुशासन कायम सक्नुपर्छ । हामीले जनतालाई सेवा दिन सक्नुपर्छ । बदलिएको परिवेश अनुसार जनताको अवस्था बदल्न सक्नुपर्छ ।’

त्यसका लागि एकमात्र शर्त सुशासन रहेको उनले बताइन् । ‘हामीले त्यो गर्न सकेका छैनौँ । त्यसकारण हामीले सुशासनको पक्षमा सरकारलाई निरन्तर खबरदारी गर्दै आएका छौँ’, उनले भनिन्, ‘अहिले जसरी तीनकुनेको घटना भयो । तीनकुने घटनामा सरकारको एउटा राम्रो संस्थामा आगजनी भएको छ । व्यक्तिका निजी घर जलाइएका छन् । दुई–दुई जना व्यक्तिको हत्या भएको छ । म दुवै होनहार युवालाई सहिद घोषणाको माग गर्दछु । र, घाइतेहरूको निःशुल्क उपचारको माग गर्न चाहन्छु ।’

उनले यो दुखद घटनाका पछाडि कस्को हात छ भन्ने कुरा घामजत्तिकै छर्लङ्ग रहेको बताइन् । ‘प्रत्यक्ष कमान्ड कथित जनकमान्डर दुर्गा प्रसाईंले गरेका छन् । तर, हामी सबैले के बुझेका छौँ भने यसको पर्दा पछाडि पूर्वराजा ज्ञानेन्द्र शाह छन्’, उनले थपिन्, ‘उनको उक्साहटमा, उनले पटक पटक गरेको आह्वानमा, अपीलमा युवाहरू समाहित भएका छन् । त्यसकारण म सरकारसँग सभामुखमार्फत् के माग गर्न चाहन्छु भने राजतन्त्रात्मक वयवस्था यो होइन, त्यसकारण अहिले संविधानभन्दा माथि कोही छैन । कानुनभन्दा माथि कोही छैन ।’

पूर्वसञ्चारमन्त्रीसमेत रहेकी शर्माले सबैलाई कारबाही हुनुपर्ने बताइन् । ‘चाहे पूर्वराजा ज्ञानेन्द्र शाह हुन् वा चाहे अहिले सामाजिक सञ्जालमा सक्रिय, तर लुकेर बसेका दुर्गा प्रसाईं हुन्’, उनले भनिन्, ‘तिनीहरू सबैलाई तुरुन्त कानुनी प्रक्रियामा सरकारले ल्याओस् । कानुनबोजिम कारबाही गरोस् भन्ने कुरा हामी हाम्रो दलको तर्फबाट माग गर्न चाहन्छौँ ।’

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार  १ : ३९ बजे

माओवादी पूर्वकेन्द्रीय सदस्य र रास्वपा बागमती सदस्यसहित ११ जना एमालेमा प्रवेश, बादलले गरे स्वागत

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट ११ जना

स्ट्रेट अफ हर्मुजमा पलाउको ध्वजावाहक जहाजमाथि हमला, चार घाइते

काठमाडौं- रणनीतिक महत्वको स्ट्रेट अफ हर्मुजमा एउटा तेल बोकेको जहाजमाथि

मोरङ ६ मा एमालेका ढकाललाई उज्यालो नेपालका बुढाथोकीको समर्थन

विराटनगर- कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीबाट मोरङ क्षेत्र नम्बर

बाबुराम-जनार्दनको विचित्र राजनीति, नेकपाविरोधी सबैलाई प्रलोपाको समर्थन

काठमाडौं– पूर्वमाओवादी नेताहरू डा बाबुराम भट्टराई र जनार्दन शर्माहरूले पछिल्लो

इजरायलले तेहरानको ‘मुटु’ मा प्रहार गरेपछि भीषण विस्फोट

काठमाडौं- इजरायलले इरानको राजधानी तेहरानको ‘मुटु’ मा प्रहार गरेको जनाएको