घण्टी बजाउँदै पार्टी काममा फर्किए रवि (तस्बिरहरू) | Khabarhub Khabarhub

घण्टी बजाउँदै पार्टी काममा फर्किए रवि (तस्बिरहरू)


१८ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिको जिम्मेवारीमा फर्किएका छन् ।

सोमबार पार्टी केन्द्रीय कार्यालय चमतीस्थित घण्टीघरमा पत्रकार सम्मेलन गर्दै उनले आफू पार्टीको जिम्मेवारीमा फर्किएको जानकारी गराएका हुन् ।

पार्टीको जिम्मेवारीमा फर्किएसँगै उनी केन्द्रीय समिति बैठकमा सहभागी हुँदैछन् । उनी साढे ५ महिनापछि रास्वपाको सभापतिको जिम्मेवारीमा फर्किएका हुन् । उनले पार्टी काममा फर्किने क्रममा केन्द्रीय कार्यालयमा रहेको घण्टी बजाए।

उनी कार्यालय आउने भएपछि सयौँ युट्युबर र पत्रकारको पनि भिड लागेको थियो । त्यतिकै संख्यामा कार्यकर्ता पनि सहभागी थिए ।

उनले कार्यालयमा सरकार नैतिक रुपमा असफल भइसकेको बताए । ‘सरकार कुन नैतिकताको आधारमा बसेको छ ? मलाई थाहा छैन । सरकारको औचित्यता समाप्त भइसकेको छ’, उनले भने, ‘संसद्बाट बलियो सरकार बन्ने बाटो पनि दुई ठूला दल मिलेर बन्द गरिदिए । लोकतन्त्र बचाउन, संविधान बचाउन होईन, एकअर्काका भ्रष्टाचारी बचाउन सरकार बनाए ।’

उनलाई गत कात्तिक २ गते सहकारी ठगी प्रकरणमा पार्टी कार्यालयबाट केन्‍द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले पक्राउ गरेको थियो।

पूर्व उपप्रधान एवम् गृहमन्त्री लामिछानेलाई पक्राउ गरेर स्थलमार्गबाट पोखरा लगिएको थियो । रविलाई काठमाडौं, कास्की, रुपन्देही र चितवनका विभिन्न सहकारीको बचत ठगीमा मुद्दा चलाइएको थियो । ती सबै अदालतले करोडसम्मको धरौटी लिएर उनलाई रिहा गरिदिएका थिए ।

सुरूमा उनलाई जिल्ला अदालत कास्कीबाट जारी पक्राउ पुर्जीका आधारमा समातिएको थियो । लामिछानेविरूद्ध संगठित अपराध र सहकारी ठगी कसुरमा मुद्दा चलाइएको थियो ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार  ४ : २७ बजे

सप्तकोशी नदीमा पानीको बहाव बढ्दै, २७ ढोका खोलिए

सुनसरी – पूर्वी पहाडी तथा तराईका जिल्लामा लगातार भएको वर्षाका

घरायसी विवादमा २४ वर्षीया श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पर्सा – पर्साको जिराभवानी गाउँपालिका–५ शङ्करसरैयाका जितेन्द्र माझी पत्नीको हत्या

पब्जी विश्वकप : होरा इस्पोर्ट्स नवौं स्थानमा, जित्यो डेढ करोड बढी पुरस्कार

काठमाडौं – साउदी अरेबियामा जारी ‘इस्पोर्ट्स वर्ल्डकप २०२५’ अन्तर्गत पब्जी

मनसुन अझै केही दिन सक्रिय रहन्छ : मौसमविद् महर्जन

काठमाडौं – लामो खडेरीका कारण प्रभावित तराईका किसानले आज भने

भियतनाममा बाढीको कहर, १० जनाको मृत्यु

हानोई – भियतनामको उत्तर–पश्चिमी पहाडी क्षेत्रहरूमा आएको लगातार वर्षाका कारण