डेंगु नियन्त्रण गर्न महानगरपालिकाको प्रयास शुरु « Khabarhub

डेंगु नियन्त्रण गर्न महानगरपालिकाको प्रयास शुरु


२९ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- डेंगुको प्रकोप नियन्त्रणका लागि विराटनगर महानगरपालिकाले विद्यालय केन्द्रित कार्यक्रम ल्याएको छ । शुक्रबार शिक्षादीपमा अध्ययनरत विद्यार्थीको डेंगुबाट मृत्यु भएपछि विराटनगर महानगरपालिकाले यो कार्यक्रम ल्याएको हो ।

शनिबारबाट विद्यालय र सरकारी कार्यालयमा लामखुट्टेलाई नियन्त्रण गर्न ‘फगिङ’ अर्थात् कीटनाशक रसायन धुँवा उडाएर मार्ने कार्यको थालनी भएको छ ।

महानगरपालिका प्रमुख भीम पराजुलीले नगरस्थित आदर्श माध्यमिक विद्यालयमा फगिङ गर्दै यस कार्यको थालनी गरे । यसभन्दा अगाडि बस्तीहरुमा मात्र फगिङ गरिएको थियो ।

लामखुट्टे धेरै हुने ठाउँको खोजी र तिनलाई मार्ने अभियान पटक–पटक गर्दै आएको महानगरले यसपटक भने विद्यालय र सरकारी कार्यालय हाताभित्र फगर मेसिनबाट यो अभियान शुरु गरेको छ । यससँगै बस्ती क्षेत्रमा समेत पुनः फगिङ गरिने महानगर स्वास्थ्य शाखाका अधिकृत एपोलो भगतले जानकारी दिए।

शनिबार मात्रै वडा नं ७ र वडा नं १० का सरकारी, गैरसरकारी कार्यालय, सामुदायिक विद्यालय, नीजि विद्यालयमा फगर मेसिनबाट लामखुट्टे मार्ने काम भएको छ । यो अभियान महानगरका १९ वटै वडामा क्रमशः गर्दै जाने बताइएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  १ : २० बजे

हात्ती आक्रमणबाट मृतकका परिवारलाई १० लाख राहत दिने मन्त्री गौतमको घोषणा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका

युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी