देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव « Khabarhub

देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव


१९ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव  रहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा  रहेको छ । गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपात र वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राती बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

आज सूर्योदय बिहान ५ बजेर ५४ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर २१ मिनेटमा हुनेछ । 

प्रकाशित मिति : १९ चैत्र २०८१, मंगलबार  ६ : ३४ बजे

माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाबाट ५५७ जना अझै सम्पर्कविहीन

काठमाडौं– भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीको कारण

देशकै छातीमा वज्रपात भयो, सबै दल र नागरिक जुटेर सामना गरौँ : प्रधानमन्त्री (पूर्णपाठ)

काठमाडौं– रसुवास्थित भोटेकोशीमा भदौ १० गते बुधबार आएको विनाशकारी बाढीले

सेनालाई धन्यवाद होइन, तलब बढाउनुपर्छ : ज्ञानेन्द्र शाही

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले विपद्का बेला

हामी साथमा छौँ, सरकारले अझ व्यापक काम गरोस् : ज्ञानेन्द्र शाही

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले बाढीपहिरोका कारण

उद्धारमा विदेशी ल्याउन भएको ढिलाइबारे प्रधानमन्त्रीको जवाफ : प्रक्रिया छोटोसमेत गरायौँ

काठमाडौं – गत बुधबारको रसुवा बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाको