पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहने | Khabarhub Khabarhub

पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहने


२० चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

आज सूर्योदय बिहान ५ बजेर ५३ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर २२ मिनेटमा हुनेछ ।

प्रकाशित मिति : २० चैत्र २०८१, बुधबार  ६ : २७ बजे

कुलमानसँग कुरा नमिलेपछि सुदनले जेन-जीका ६ जना प्रदेश संयोजकलाई पनि उज्यालो नेपालमा मिसिन दिएनन्

काठमाडौं- ऊर्जामन्त्रीसमेत रहेका कुलमान घिसिङसँग कुरा नमिलेपछि आफूलाई जेन-जी अभियन्ता

गोरुसिङ्गे–सन्धिखर्क सडक बुधबारदेखि दैनिक छ घण्टा बन्द हुने

अर्घाखाँची– सडक मर्मत तथा स्तरोन्नतिको लागि गोरुसिङ्गे सन्धिखर्क सडक दैनिक

बीमा सूचना केन्द्र स्थापना गर्ने तयारी

काठमाडौं– बीमा सूचना केन्द्र स्थापना गर्ने विषयमा सरोकारवालाबीच सहमति भएको

कुलमानको पार्टीमा नायिका रिमादेखि हर्कलाई छाडेका डाकेन्द्र र मन्त्री हुन नपाएकी टासीसम्म

काठमाडौं- ऊर्जामन्त्री कुलमान घिसिङले अन्तत: राजनीतिमा हात हालेका छन्। कुनैबेला