मीनबहादुर भन्छन्- दुर्गा प्रसाईंजस्ता लुटेराहरूले ल्याएको परिवर्तन चाहिँदैन « Khabarhub

मीनबहादुर भन्छन्- दुर्गा प्रसाईंजस्ता लुटेराहरूले ल्याएको परिवर्तन चाहिँदैन


२० चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले गत शुक्रबार भएको राजवादीहरूको प्रदर्शनका क्रममा निजी घर, व्यवसायमा आगजनी, लुटपाट र तोडफो निन्दनीय भएको बताका छन् ।

कोटेश्वरस्थित भाटभटेनी सुपमार्केटमा शुक्रबार भएको लुटपाटमा संलग्नविरुद्ध बहादुरीपूर्वक प्रतिकारमा उत्रिएका सुरक्षागार्ड दुलप्रसाद (कृष्ण) पराजुलीलसहितलाई सम्मान गर्ने उनले यस्तो बताएका हुन् ।

व्यवसायी गुरुङले समाजमा अराजक गतिविधि गर्ने दुर्गा प्रसाईंलाई राज्यले समयमै नियन्त्रणमा लिन नसकेका कारण अहिलेको स्थिति सिर्जना भएको बताएका छन् । उनले प्रसाईंजस्ता अराजकलाई नियन्त्रणमा लिन पनि सरकारको ध्यानकर्षण गराएका छन् ।

गुरुङले लुटेराहरूले ल्याएको परिवर्तन आफूहरूलाई नचाहिएको पनि बताएका छन् । शुक्रबार राजावादीले गरेको लुटपाटका क्रममा कोटेश्वरस्थित भाटभटेनीले करिब ८० लाख रुपैयाँ क्षति व्यहोर्नु परेको थियो ।

त्यसक्रममा गुरुङले सुरक्षागार्ड पराजुलीसहितलाई नगद पुरस्कार दिएर सम्मान गरे । भाटभटेनीले चैत्र १५ गतेको प्रदर्शनमा ज्यान गुमाएका दुई जनाको परिवारलाई पनि आर्थिक सहयोग घोषणा गरेको छ ।

बुधबार काटेश्वर भाटभटेनीमा आयोजित एक कार्यक्रमबीच भाटभटेनीका सञ्चालक गुरुङले सुरक्षागार्ड (कृष्ण) पराजुलीलाई पाँच लाख एक हजार १ सय ११ रुपैयाँ नगद पुरस्कारसहित सम्मान गरे ।

त्यस्तै पराजुलीलाई पाँच ग्रेड बढुवा गरिएको छ । लुटपाटका क्रममा भाटभटेनीका सुरक्षा गार्ड पराजुलीले लुटेराहरूको प्रतिकार गर्दै लखेटेका थिए ।

सम्मान ग्रहण गदै सुरक्षागार्ड पराजुलीले काटेश्वर भाटभटेनीमा आएर लुटपाट गरेपछि सबै सुरक्षा टोलीले मिलेर प्रतिकार गरेको बताएका छन् ।

प्रकाशित मिति : २० चैत्र २०८१, बुधबार  १२ : ४१ बजे

शेखरले भने : कांग्रेसको विवाद अदालतमा गइसक्यो, हामी निर्वाचनमा सहभागी हुनु पर्छ

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले आफू मध्यमार्गी

नेपाली सेनाको नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी सुरु

काठमाडौं– नेपाली सेनाको नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी आइतबारबाट

फेरियो देशको परिस्थिति, फेरिएनन् केपी ओली

काठमाडौं- नेकपा एमालेले १६५ निर्वाचन क्षेत्रमध्ये केहीलाई होल्डमा राख्दै अन्य

धरानमा बालबालिका सवार बस दुर्घटना हुँदा ५ जनाको मृत्यु

काठमाडौं- सुनसरीको धरान उपमहानगरपालिकामा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु

ललितपुर महानगरको हिउँदे नगरसभा सम्पन्न : अपेक्षा अनुसार पुँजीगत खर्च भएन

ललितपुर– ललितपुर महानगरको आठौं नगरसभा (हिउँदे नगरसभा ) सम्पन्न भएको छ