सुर्खेतमा दुई मेगावाटको सौर्य विद्युत् आयोजना निर्माण हुने « Khabarhub

सुर्खेतमा दुई मेगावाटको सौर्य विद्युत् आयोजना निर्माण हुने


२० चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– सुर्खेतको लेकवेशी नगरपालिका–१० स्थित साटाखानीमा नेपाल विद्युत् प्राधिकरणले दुई मेघावाट क्षमताको सौर्य विद्युत् आयोजना निर्माण गर्ने भएको छ । 

प्राधिकरणको स्वामित्वमा रहेको झन्डै पाँच बिगाहा जग्गामा झुप्रा सौर्य विद्युत् आयोजना निर्माण हुनेछ । विद्युत् विकास विभागले १५ माघमा सूचना निकालेर आयोजना अगाडि बढाइएको जनाएको छ । 

विभागले उक्त स्थानमा आयोजना निर्माण तथा सञ्चालन गर्दा विद्युत् ऐन, २०४९ को दफा २४ बमोजिम वातावरणमा प्रतिकूल असर नपर्ने गरी आयोजनाको स्वीकृत प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन अनुसार अघि बढाउन ३५ दिने सूचना जारी गरेको छ । 

प्रस्तावित झुप्रा सौर्य विद्युत् आयोजना निर्माण तथा सञ्चालन गर्दा आयोजनास्थलमा प्रतिकूल असर पर्ने देखिए कार्यालयसमक्ष आफ्नो लिखित राय पेश गर्न विभागले भनेको छ ।

२०८२ साल चैत्रमा निर्माण कार्य सक्ने गरी विभागले सौर्य विद्युत् आयोजना बनाउन लागेको हो । आयोजना जडान गरिने सौर्य प्रणालीको क्षमता दुई मेगावाट हुनेछ । 

आयोजनाबाट वार्षिक सरदर ३ दशमलव आठ सय १८ गिगावाट प्रतिघण्टा विद्युत् उत्पादन हुनेछ । 

आयोजनाको मुख्य संरचनाहरू लेकवेशी नगरपालिका–१० मा करिब चार दशमलव ६९ हेक्टर जग्गामा राख्ने प्रस्ताव गरिएको छ । 

आयोजनाका सोलार फोटोभोल्टाइक प्यानलहरूबाट डिसी विद्युत् निकाली दुई सय किलोवाट क्षमताका १० स्ट्रिङ इन्भर्टर मार्फत दुई मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । 

यसरी उत्पादित विद्युतलाई ११ केभी प्रसारण लाइनमार्फत प्राधिकरणको वीरेन्द्रनगर सब–स्टेसनमा जोडिनेछ । 

आयोजनाको लागत ५३ करोड रुपैयाँ बढीको हुने विद्युत् विकास विभागले जनाएको छ । जर्मन सरकारको अनुदान सहयोगमा नेपाल विद्युत् प्राधिकरणले आयोजना सञ्चालन प्रक्रिया अघि बढाउन लागेको हो ।

प्रकाशित मिति : २० चैत्र २०८१, बुधबार  १ : ५४ बजे

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना

कागजमा विद्यालय देखाएर साढे सात लाख झ्वाम पार्ने पूर्वमन्त्री भ्रष्टाचारी ठहर

काठमाडौँ- कागजमा मात्रै विद्यालय देखाएर सरकारी रकम भुक्तानी लिएको अभियोगमा

काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक (तस्बिरहरू)

काठमाडौं – काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक बढेको छ ।

लगानी वृद्धि गराउन सरकार प्रयासरत छ : अर्थमन्त्री खनाल

विराटनगर –अर्थमन्त्री रामेश्वर खनालले उद्योग र व्यापारका क्षेत्रमा लगानी वृद्धि

अधिकृत महमद शेरे मुस्तफासहित तीन जनाविरुद्ध आरोपपत्र दायर

पर्सा – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको बहुदरमाई नगरपालिकाका तत्कालीन