सुर्खेतमा दुई मेगावाटको सौर्य विद्युत् आयोजना निर्माण हुने « Khabarhub

सुर्खेतमा दुई मेगावाटको सौर्य विद्युत् आयोजना निर्माण हुने


२० चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– सुर्खेतको लेकवेशी नगरपालिका–१० स्थित साटाखानीमा नेपाल विद्युत् प्राधिकरणले दुई मेघावाट क्षमताको सौर्य विद्युत् आयोजना निर्माण गर्ने भएको छ । 

प्राधिकरणको स्वामित्वमा रहेको झन्डै पाँच बिगाहा जग्गामा झुप्रा सौर्य विद्युत् आयोजना निर्माण हुनेछ । विद्युत् विकास विभागले १५ माघमा सूचना निकालेर आयोजना अगाडि बढाइएको जनाएको छ । 

विभागले उक्त स्थानमा आयोजना निर्माण तथा सञ्चालन गर्दा विद्युत् ऐन, २०४९ को दफा २४ बमोजिम वातावरणमा प्रतिकूल असर नपर्ने गरी आयोजनाको स्वीकृत प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन अनुसार अघि बढाउन ३५ दिने सूचना जारी गरेको छ । 

प्रस्तावित झुप्रा सौर्य विद्युत् आयोजना निर्माण तथा सञ्चालन गर्दा आयोजनास्थलमा प्रतिकूल असर पर्ने देखिए कार्यालयसमक्ष आफ्नो लिखित राय पेश गर्न विभागले भनेको छ ।

२०८२ साल चैत्रमा निर्माण कार्य सक्ने गरी विभागले सौर्य विद्युत् आयोजना बनाउन लागेको हो । आयोजना जडान गरिने सौर्य प्रणालीको क्षमता दुई मेगावाट हुनेछ । 

आयोजनाबाट वार्षिक सरदर ३ दशमलव आठ सय १८ गिगावाट प्रतिघण्टा विद्युत् उत्पादन हुनेछ । 

आयोजनाको मुख्य संरचनाहरू लेकवेशी नगरपालिका–१० मा करिब चार दशमलव ६९ हेक्टर जग्गामा राख्ने प्रस्ताव गरिएको छ । 

आयोजनाका सोलार फोटोभोल्टाइक प्यानलहरूबाट डिसी विद्युत् निकाली दुई सय किलोवाट क्षमताका १० स्ट्रिङ इन्भर्टर मार्फत दुई मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । 

यसरी उत्पादित विद्युतलाई ११ केभी प्रसारण लाइनमार्फत प्राधिकरणको वीरेन्द्रनगर सब–स्टेसनमा जोडिनेछ । 

आयोजनाको लागत ५३ करोड रुपैयाँ बढीको हुने विद्युत् विकास विभागले जनाएको छ । जर्मन सरकारको अनुदान सहयोगमा नेपाल विद्युत् प्राधिकरणले आयोजना सञ्चालन प्रक्रिया अघि बढाउन लागेको हो ।

प्रकाशित मिति : २० चैत्र २०८१, बुधबार  १ : ५४ बजे

इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी गर्दै अमेरिका

वासिङ्टन- अमेरिकाले इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी थालेको समाचार संस्था

हराउँदै ढिँकीको ‘ढुक…ढुक…’

लमजुङ– कुनै समय लमजुङका गाउँमा बिहानको सन्नाटालाई ढिँकीको ‘ढुक…ढुक…’ आवाजले

नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल शान्ति

सरकार गठन भएको ५५ दिनसम्म पनि बजेट नल्याएकामा कांग्रेसको आपत्ति

सुदूरपश्चिम– नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले आपत्ति जनाएको छ । सरकार

‘राज्य, निजी क्षेत्र र समग्र समाजको साझा राष्ट्रिय संकल्पबाट मात्र समृद्ध नेपाल निर्माण सम्भव’

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले समृद्ध नेपाल निर्माण सरकार वा कुनै