थाइल्यान्डको कृषि विश्वविद्यालय र नेपालको जनता एग्रोबीच सहकार्य « Khabarhub

थाइल्यान्डको कृषि विश्वविद्यालय र नेपालको जनता एग्रोबीच सहकार्य


२० चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

थाइल्यान्ड– थाइल्यान्डको कृषि विश्वविद्यालय कसेस्टार्ट र नेपालको जनता एग्रो एण्ड फरेष्ट्रीबीच सहकार्य हुने भएको छ । 

जनता एग्रो एण्ड फरेष्ट्री र कसेस्टार्ट विश्वविद्यालयबीच जनता एग्रोले नेपालमा गरिरहेको जैविक खेतीमा नवीनतम आधुनिक प्रविधिहरू, उन्नत जातका बिरुवाको हेरचाह गर्ने नव रणनीतिहरू, फसल काट्ने नयाँ नयाँ तरिका, उत्पादन तथा गुणस्तर वृद्धि गर्ने लगायतका क्षेत्रमा सहकार्य भएको हो ।

सहकार्यमा एग्रोका तर्फबाट अध्यक्ष पवन गोल्यानले र विश्वविद्यालयका उपाध्यक्ष डा. कृत वोन–इनल बीच सहकार्य गर्ने सम्बन्धी हस्ताक्षर भएको छ । 

विश्वविद्यालयले नेपालका कृषकहरूलाई आधुनिक कृषि प्रक्रियामा दक्ष बनाउन, कृषि उत्पादनको गुणस्तर र बजार प्रतिस्पर्धामा वृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने छ । यस साझेदारीमा नियमित कार्यशालाहरू, खोज अध्ययनहरू, र तालिम कार्यक्रमहरू समावेश छन् । 

सम्झौताअनुसार विश्वविद्यालयले कृषि खेती संरक्षणका नयाँ तरिकाहरू, माटो सुधारका उपायहरू, प्राकृतिक किरा व्यवस्थापनको लागि समाधानका उपाय र रोकथाम रणनीतिहरू बारे विभिन्न तालिम प्रदान गर्ने छ ।  

उक्त सहकार्य नेपालको समग्र कृषि क्षेत्रमा आमूल परिवर्तन लागि महत्त्वपूर्ण शुरुआत भएको एग्रोका अध्यक्ष गोल्यानले बताएका छन् । 

‘विश्वविद्यालयको मूल्यवान् विशेषज्ञता तथा दक्षताले हामीलाई हाम्रा कृषकहरूलाई कृषि उपकरणहरू उपलब्ध गराउनमा मद्दत गर्नेछ’, गोल्यानले हस्ताक्षरको क्रममा भनेका छन्, ‘जसले उत्पादनमा वृद्धि हुनुको साथै नेपालको कृषि क्षेत्रमा दीर्घकालीन परिवर्तन ल्याउनेछ ।’

आफ्नो मिशन दिगो कृषि ज्ञानको विस्तार गर्नु भएको उपाध्यक्ष वोन–इनले बताएका छन् । ‘जनता एग्रो सँगको यो साझेदारी कृषि क्षेत्रको विकासमा नयाँ आयामको एक उत्तम कदम हो’, उनले भनेका छन्, ‘हाम्रो टोली नेपालमा जैविक कृषि क्षेत्रलाई पुनः रूपान्तरण गर्न प्रतिबद्ध छ ।’

साथै, प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्यान्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्राबीच दुईपक्षीय भेटवार्तापछि दुई मुलुककाबीच आज बैंककको सरकारी भवनमा विभिन्न सम्झौता र सहमतिपत्रमा हस्ताक्षर तथा आदानप्रदान समेत भएको छ ।

प्रकाशित मिति : २० चैत्र २०८१, बुधबार  २ : ०२ बजे

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना

कागजमा विद्यालय देखाएर साढे सात लाख झ्वाम पार्ने पूर्वमन्त्री भ्रष्टाचारी ठहर

काठमाडौँ- कागजमा मात्रै विद्यालय देखाएर सरकारी रकम भुक्तानी लिएको अभियोगमा

काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक (तस्बिरहरू)

काठमाडौं – काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक बढेको छ ।

लगानी वृद्धि गराउन सरकार प्रयासरत छ : अर्थमन्त्री खनाल

विराटनगर –अर्थमन्त्री रामेश्वर खनालले उद्योग र व्यापारका क्षेत्रमा लगानी वृद्धि

अधिकृत महमद शेरे मुस्तफासहित तीन जनाविरुद्ध आरोपपत्र दायर

पर्सा – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको बहुदरमाई नगरपालिकाका तत्कालीन