दोस्रो फिल्म निर्देशन गर्दै जुनिम « Khabarhub

दोस्रो फिल्म निर्देशन गर्दै जुनिम


२० चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत फागुन ९ गते प्रदर्शनमा आएको फिल्म ‘ताण्डवम्’का निर्देशक जुनिम गहतराजले दोस्रो फिल्म निर्देशन गर्ने भएका छन् ।

जुनिमले दीपक लम्सालको लगानीमा बन्ने फिल्म ‘हे माया’ निर्देशन गर्ने भएका हुन् । निर्माण पक्षले यस फिल्म निर्माण घोषणा बुधबार गरेको हो ।

निर्माता लम्सालले यसअघि भारतमा बसेर भारतीय फिल्म नेपालमा प्रदर्शन गराउने काम गर्दै आएका थिए । अब भने उनले नेपाली फिल्म निर्माणमा हात हाल्न लागेका हुन् ।

‘ताण्डवम्’मा जुनिमको निर्देशकीय क्षमताबाट प्रभावित भएर सहकार्य गर्ने सोच पलाएको लम्सालले बताए ।

लम्सालका अनुसार ‘हे माया’मा चल्तीका कलाकारहरूसँग मौखिक सहमति भइसकेको छ । लिखित सहमति गरेर छनोट भएका कलाकारका नाम आगामी नयाँ वर्षबाट सार्वजनिक गर्ने योजनामा उनले सुनाए ।

निर्देशक जुनिम जेठबाट छायाङ्नकमा निस्कने योजनामा छन् । रियल इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा बन्ने यस फिल्मका लेखक चक्रपाणी सांखी हुन् ।

प्रकाशित मिति : २० चैत्र २०८१, बुधबार  ४ : २७ बजे

इन्डोनेसिया भूकम्प : मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी

लाबुआन बाजो- इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार

मुस्ताङ प्रदेश अस्पतालको एम्बुलेन्स आफैँ बिरामी

मुस्ताङ– मुस्ताङको एकमात्र २५ शय्याको प्रदेश अस्पताल जोमसोममा रहेको एम्बुलेन्स

जाजरकोट पहिरोः तीन जनाको मृत्यु, दुई बेपत्ता

काठमाडौँ – अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी

इन्डोनेसिया भूकम्प: नेपाल सरकार र नेपाली जनताका तर्फबाट गहिरो सहानुभूति र समवेदना

काठमाडौँ – इन्डोनेसियाको फ्लोरेस द्वीपमा गएको विनाशकारी ७.७ म्याग्निच्युडको भूकम्प

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्यमा वृद्धि भएको छ